Author: admin

एक हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता

भूकम्पबाट क्षतिग्रस्त पाँच जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच सम्झौता भएको छ। गैरआवासीय नेपाली दिवस २०१५ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित बिशेष समारोहमा शहरी विकाश तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंह र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्झौतामा हस्ताक्षर गरे। गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि तिब्रताका साथ राहत वितरण अभियानमा संलग्न भएको संघले सोही बखत ३५ करोड रुपैया“को लागतमा एक हजार घर निर्माण गर्ने घोषण गरेको थियो। सम्झौतापछि अब संघ औपचारिकरुपमा पुनःनिर्माण अभियानमा होमिएको भन्दै अध्यक्ष घलेले महाभूकम्पको घाउमा मल्हम लगाउन गैरआवासीय नेपाली संघले गरेको यो सानो कोशिसका रुपमा लिनुपर्ने बताउनुभयो। अध्यक्ष घलेले राहत वितरणका बेला जस्तै प्रतिबद्धता जनाए भन्दा केही बढि नै काम गर्ने संघको लक्ष्य रहेको जानकारी दिदै १० हजार परिवारलाई राहत बाड्ने भनिएकोमा १७ हजार परिवारलाई बा“डेको जानकारी दिनुभयो। अध्यक्ष घलेले संसारभरीका गैरआवासीय नेपालीहरुले आफ्नो गास काटेर जम्मा पारेको करिव ३५ करोड रुपैयाँ जुटिसकेको हुँदा तुरुन्तै पुनःनिर्माण अभियानमा लाग्ने बताउदै सम्झौतामा दुई बषभित्र घर निर्माण सकिसक्ने उल्लेख भए पनि एनआरएनले एक बर्षभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको छ। विभागका महानिर्देशक सिंहले घर निर्माण प्रकृयामा आइपर्ने कुनै पनि कठिनाइमा सहयोग गर्न विभाग र मातहतका कार्यालय तयार रहेको भन्दै यो परियोजनाले पुनःनिर्माण अभियानमा थप उर्जा थप्ने बिश्वास ब्यक्त गर्नुभयो।गैरआवासीय नेपाली संघको सातौं अधिवेशन यही अक्टुबर १४ तारिखबाट काठमाडौंमा सुरु हु“दैछ। ‘एनआरएन राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ नारा तय गरेको संघले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ।...

Read More

एनआरएन

गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आउदो कार्यकालको लागि फेरी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विहीवार नेपाली दुतावासमा एन आर एन युकेले उनको स्वागत सम्मानमा आयोजना गरेको विषेश कार्यक्रममा आफनो उम्मेदवारी धोषणा गरेका हुन। घलेले आगामी अक्टोवरको १४ देखि १७ सम्म काठमाण्डौमा हुने सातौ बिश्व सम्मेलनमा युकेका एनआरएनहरुवाट पुर्ण सर्मथनको विश्वासका साथ विश्वभरि छरिएर रहेका एनआरएनहरुको भावनाको कदर गर्दै आफुले अध्यक्ष पदको निरन्तरता दिन चाहेको वताएका थिए। कार्यक्रममा नव निर्वाचित कार्यसमितीलाई वधाइ दिदै घलेले भुकम्प वाट ध्वस्त मुलुकको पुन निर्माण लगायतका गम्भिर जिम्मेवारी थपिएकोले एनआरएनमा चुनौती वढेकोहुदा सवै मिलेर काम गर्न आग्रह गर्नभयो। संघका अध्यक्ष मुछेत्र...

Read More

विदेसमा रहेका महिलाहरुले परोपकारी कार्यको लागि सहयोगार्थ आवहन गर्दै मनाए यो वर्षको हरितालिका तिज

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज देश तथा बिदेशमा रहेका नेपालीहरुले पनि भब्य रुपमा मनाईरहेका छन् यो क्रममा वेलायतका महिलाहरुलाई पनि तिजको रमझमले छोएको छ। गत सनिवार तमुसमाज युके आमा समुहले लण्डनको हयारोमा आठौं लेडिज नाइटको आयोजना गर्दै कार्यक्रमलाई तीजमय वनाएको हो। कार्यक्रममा तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ, आमा समूह अध्यक्ष माया गुरुङ र समूहकी उपाध्यक्ष पुष्पा गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै दिउसो देखि नाच गान सुरु गरि राती अवेर सम्म रमाइलो गरिएको थियो। कार्यक्रममा ७० वर्ष नाघेका महिलाहरुलाई निशुल्क खानपिन तथा सम्मान गरिएको थियो भने सहभागीमध्ये सबैभन्दा उत्कृष्ट र लामो समयसम्म नृत्य गर्ने संगिता खत्री...

Read More

केन्टको फोक्सटनमा सुना क्याफे एण्ड रेष्टुरेन्टको औपचारिक उद्धाटन भएको

वेलायतमा रहेका नेपालीहरु अहिले विभिन्न पेसा मा संम्लग्न भएका छन भने सफल व्यावसायीको रुपमा पनि देखा परिरहेका छन। विषेसत रेष्टुरेन्ट व्यावसायमा अग्रपक्तिमा रहेका छन। यसै विच सुक्रवार केन्टको फोक्सटनमा सुना क्याफे एण्ड रेष्टुरेन्टको औपचारिक उद्धाटन भएको छ। केन्टका नेपाली लगायत विदेसिहरुलाई नेपाली संस्कृति संग भिजाउदै आफनो व्यावसीयकता वढाउनको लागि रेष्टुरेन्ट खोलिएको प्रोप्राइटर  गोकर्ण चोङवाङले वताउनु भयो। विगत एक दसक देखि एभरेष्ट सेक्युरीटी लिमीटेड सफल रुपमा संचालन गर्दै आउनुभएका चङवाङलाई सफल व्यावसायीको रुपमा वेलायत चिनिन्छ। स्थानिय मेयरले रिवन काटेर उद्धाटन गरिएको सोना क्याफे एण्ड रेष्टुरेन्टमा विभिन्न संघ सस्थाका पदाधिकारी लगायत स्थानिय गा्रहकहरुको उपस्थिती रहेको...

Read More