एनआरएन

admin Avatar
NRNA-logo

गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आउदो कार्यकालको लागि फेरी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विहीवार नेपाली दुतावासमा एन आर एन युकेले उनको स्वागत सम्मानमा आयोजना गरेको विषेश कार्यक्रममा आफनो उम्मेदवारी धोषणा गरेका हुन। घलेले आगामी अक्टोवरको १४ देखि १७ सम्म काठमाण्डौमा हुने सातौ बिश्व सम्मेलनमा युकेका एनआरएनहरुवाट पुर्ण सर्मथनको विश्वासका साथ विश्वभरि छरिएर रहेका एनआरएनहरुको भावनाको कदर गर्दै आफुले अध्यक्ष पदको निरन्तरता दिन चाहेको वताएका थिए। कार्यक्रममा नव निर्वाचित कार्यसमितीलाई वधाइ दिदै घलेले भुकम्प वाट ध्वस्त मुलुकको पुन निर्माण लगायतका गम्भिर जिम्मेवारी थपिएकोले एनआरएनमा चुनौती वढेकोहुदा सवै मिलेर काम गर्न आग्रह गर्नभयो।

संघका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन युकेका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य कुल आचार्यले पनि युरोप संयोजकमा उम्मेदवारी दिने घोषणा गरे। कार्यक्रममा एनअरएनएका पुर्व प्रवक्ता डा हेमराज सर्माले गैरआवासीय नेपाली संघले विगत १२ वर्षमा गरेको गतिविधीका वारेमो जानकारी गराएका थिए। सोहि अवसरमा तमुधि युकेले भुकम्प पिडीतका लागि संकलन गरेको १करोड ११ लाख ११ हजार १ सय एधार रुपैयाको चेक अध्यक्ष रामचन्द्र गुरुङले एनआरएन का अध्यक्ष सेष घलेलाइ हस्तानरण गरेका थिए। त्यसै गरि हिलीङटन गोर्खा नेपलीज कम्युनिटी तथा युथ क्ल्ववाट अध्यक्ष सुर्य इमसङले १० लाख रुपैयाको चेक र स्वीनडन नेपालीज कम्युनिटीवाट विस हाजर पाउण्ड वरावरको चेक अध्यक्ष सेष घलेलाई हस्तानतरण गरिएको थियो। सोहि अवसमा मन्तव्य दिदै एनआरएन युकेका विधान संसोधन समितीका सयोजक गणेस इजमले नेपालमा वनाउन लागिएको सघंको भवन निमाण सहयोगार्थ एक लाख रुपैयाको चेक अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरेका थिए। अध्यक्ष शेष घलेले कार्यक्रमको अन्तमा नेपाल पत्रकारमहा संघ युकेले संयोजन गरेको अन्तरकृयामा विभिन्न पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिएका थिए।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories