चार भन्ज्याङ तमु समाज युके

admin Avatar

चार भन्ज्याङ तमु समाज युकेले पर्वत ठाना मौला गावीस खाल्टेमा २०१३ देखी साथै  पाटन हस्पिटल र तानसेन हस्पिटलमा  संचालन गरिरहेको टेलीमेडिसिन क्लिनीक संचालन गरि रहेको अवस्थामा हाल आएर यो सेवा र सुविधा देसको लागि अति आवस्यक र लाभदायक हुने भएकोले सवै स्वास्थ्य केन्द्रहरुमा संचालन गर्ने व्यावस्था मिलाइ दिनको लागि नेपाली दुतावास मार्फत सम्माननीय स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन। समाजका अध्यक्ष ह ले चन्द्र वहादुर गुरुङ द्धवारा हस्ताक्षरीत ज्ञापन पत्रम भनिएको छ स्वीनफेन च्यारिटेवल ट्रष्टले आर्थिक तथा भौतिक रुपमा  सहयोग गरिरहेको टेलीमेडिसिन ले स्थापनाकाल देखि नै पर्वत, वाग्लुङ लगायतका जील्लाहरुमा स्वास्थ्य सेवा पुरयाउदै दुइ देस विच मेत्री पुर्ण सम्वन्धको लाई वलियो वनाउन महत्व पुर्ण भुमिका खेल्नेछ। यसले संसार भरका करिव ७३ वटा देशमा २९९ अस्पताल मा telemedicine link र ६७६ भन्दा बढी स्वयं सेवक स्वास्थ्य विशेषज्ञहरु मार्फत telemedicine सेवा उपलब्ध गराइरहेको छ। हालै नेपालमा भएको महा भूकम्पका पिडितहरुलाई आवश्यक पर्ने दिर्घकालिन स्वास्थ्योपचारको बारेमा यस संस्थाका निर्देशक, बेलायति उपल्लो सदनका सदस्य सम्माननीय Lord Roger Swinfen वाट समेत सहयोग गर्ने प्रतिवद्धता आएको हुदा सबै स्वास्थ्य केन्द्रहरुमा (विशेषगरी दुर्गम स्थान) यो सेवा चलाउन आदेश दिनु भएमा हामीलाई अझ सरल हुने र अत्यधिक जनताले यो सेवा उपभोग गर्न पाउने छन् भन्ने हाम्रो मान्यता छ।  विज्ञप्ती हस्तानतरण गर्न समाजका अध्यक्ष हनेरी ले  चन्द्र वहादुर गुरुङ, उपाध्यक्ष ग्याम गुरुङ, सस्थापक अध्यक्ष वीइएम नारायण प्रसाद गुरुङ, आमा समुह अध्यक्ष सान्ति माया गुरुङ, सदस्य विमला गुरुङ, कुसाङ गुरुङ लगायतको उपस्थिती थियो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories