अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथि उपसभामुख ईन्दिरा रानामगर र विशेष अतिथी भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल

Gurkha Channel Avatar

लण्डन । प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० युकेको अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा प्रमुख अतिथि को रुपमा प्रतिनिधि सभा, संघीय संसद नेपालकी उपसभामुख ईन्दिरा रानामगर र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल विशेष अतिथीको रुपमा सहभागी हुनुहुने भएको छ ।
अध्यक्ष गाहामगरका अनुसार एनआरएनए यूकेको निमन्त्रणामा उपसभामुख रानामगर आउंदो २ मार्च बेलुका लन्डन हिथ्रो विमानस्थल आइपुग्ने जनाउंदै उनको स्वागतका लागि बेलायतवासी नेपालीलाई त्यहां पुग्न अनुरोध गरेका छन् ।
उपसभामुखको प्रमुख आतिथ्यमा ५ मार्चमा ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ वहस समेत राखिएको एनआरएनए यूकेले जनाएको छ ।
नागरिकता वहस संघको आफ्नै कार्यालय अल्डरसटमा हुने तय भएको छ । कार्यक्रम बेलायतका करिब ६० वटा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले भाग लिने बताइएको छ । कार्यक्रममा नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकारसमक्ष गरिने विभिन्न दबाबमूलक कार्यक्रमका बारेमा पनि छलफल हुने छ । कार्यक्रममा सम्माननीय उपसभामुख मार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र वुझाउने कार्यक्रम समेत राखेको अध्यक्ष प्रेम गाहा मगराले वताएका छन् ।
उपसभामुख रानामगरले बेलायत भ्रमणमा रहंदा यहांको संसदीय अभ्यासबारे जानकारी लिने र बेलायती राजनीतिज्ञहरुसंग समेत भेटघाट गर्ने अपेक्षा गरिएको छ । उनी ९ मार्चमा नेपाल फर्कनेछिन् ।
त्यसै गरि इन्टरन्याशनल मेयर अवार्ड थाप्न बेलायतमा आउन लागेकी दाहाल पहिलोपटक बेलायतका नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लागेकी हुन् ।
भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहनुभएकी दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालको छोरी हुन । आफ्नो महानगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माणका लागि सबैले सराहना गर्ने गरेका छन् ।
उक्त कार्यक्रममा बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर, चर्चित डकुमेन्ट्री मेकर तथा सञ्चारकर्मी सुजाना थापा एवं टिभी सेलिब्रेटी रिया भण्डारी समेत विशेष अतिथीका रुपमा सहभागी हुने गाहामगरले बताए । नारी दिवस कार्यक्रमको संयोजन अमृता गिरी गजुरेलले गरेकी छन् ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories