नेपाल पत्रकार महासंघ बेलायत शाखाकाे नयां सदस्यता तथा नवीकरणका लागि आवेदन खुला।

Bimala Sene Avatar

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयां सदस्यता तथा नवीकरणका लागि आवेदन खुला गरेको छ ।

शाखाले १ अप्रिल सोमबार एक सूचना जारी गर्दै अप्रिल ३० भित्र नयां सदस्यता लिन वा नवीकरण गर्न आवेदन आव्हान गरेको हो ।

नयां सदस्यताका लागि विभिन्न मापदण्ड तोकिएको छ । पत्रकारितामा कम्तीमा दुई वर्षको अनुभव भएको, सक्रिय पत्रकारिता गरिरहेको एवं पछिल्लो एक वर्षमा प्रकाशित वा प्रसारित कम्तीमा तीनवटा समाचार सामग्री प्रमाणका रुपमा पेश गर्नुपर्ने लगायत मापदण्ड राखिएका छन् ।

त्यस्तै, आफू कार्यरत मिडियाको सिफारिसपत्र र ३० पाउण्ड सदस्यता शुल्क बुझाएको प्रमाण पठाउनु पर्ने पनि शाखाको सूचनामा उल्लेख छ ।

शाखाले समाजमा फरक रुपमा परिचय बनाइसकेका तथा मिडियामा लगानीकर्तामात्र रहेकाहरुलाई भने सदस्यता आवेदन नगरिदिन आव्हान गरेको छ ।

प्राप्त आवेदनहरुमाथि आवश्यक अध्ययन तथा छानविनपछि शाखाले महासंघ केन्द्रसमक्ष सदस्यता सिफारिस गरिने जनाएको छ ।

विस्तृत सूचनाकाे लागि पत्रकार महासंघकाे वेबसाइट लिङ याहा छ ।

http://fnjuk.org/

नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता तथा नवीकरणसम्बन्धि सूचना

नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता लिन तथा यसअघि नै कायम रहेको सदस्यता नवीकरणका लागि निम्नानुसारको मापदण्डहरु तय भएकोमा इच्छुक आवेदकले सोहीअनुसार यही सन् २०२४ अप्रिल महिनाको ३० तारिखभित्र आवेदन गर्नुहुन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ ।

१-  नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता लिन कम्तीमा २ वर्ष नियमित पत्रकारिता गरेको अनुभव र पत्रकारितामा सक्रियताको प्रमाण पेश गर्नुपर्नेछ ।

२-  सदस्यताको सिफारिश गर्न बेलायतमा संचालित अनलाइन पोर्टल तथा सञ्चार माध्यमहरु यहाँको कानूनअनुसार कम्पनी हाउसमा अनिवार्य दर्ता भएको र कम्तीमा दुई वर्ष नियमित संचालनमा आइ अपडेट भइरहेको हुनुपर्नेछ। सम्पादकको नाम, ठेगाना सम्बन्धित मिडियामा अनिवार्य रुपमा राखिएको हुनुपर्नेछ ।

३-  नयाँ सदस्यता लिन तथा यसअघि नै कायम रहेको सदस्यता नवीकरणका लागि आवेदकले पछिल्लो एक वर्षमा प्रकाशित गरेका कम्तीमा तीन समाचार सामग्रीको प्रमाण पेश गर्नुपर्नेछ। ती सामग्रीमा लेखकको नाम स्पष्ट खुलेको हुनुपर्नेछ।

४-  आफू कार्यरत मिडियामा संलग्नता (वेबसाइटमा नाम र भूमिका) स्पष्ट देखिनुपर्ने र सबै जानकारीसहित सम्बन्धित मिडियाबाट सिफारिसपत्र पेश गर्नुपर्नेछ ।

५-  बेलायतमा सञ्चालित मिडियाको हकमा एक सञ्चारमाध्यमबाट बढीमा दुई जनासम्म सदस्यलाई सिफारिश गर्न सकिनेछ। तर, यसअघि नै सदस्यता लिइसकेकाहरुको हकमा यो शर्त लागू हुनेछैन्।

६-  नेपालबाट संचालित मिडियाको प्रतिनिधिका हकमा प्रेस काउन्सिल नेपालले वर्गीकरण गरेको पत्रपत्रिकामध्ये ‘क’ वर्गमा परेको र अन्य मिडियाका हकमा प्रकाशन, प्रसारणले राष्ट्रिय मिडियाका रूपमा मान्यता पाएका र अनलाइनका हकमा प्रेस काउन्सिलमा दर्ता भएका मिडियाका प्रतिनिधिलाई मात्र सदस्यता दिन सकिनेछ । त्यस्ता मिडियाका लागि काम गरिरहेका प्रतिनिधिले बेलायतबाट सक्रियरूपमा पत्रकारिता गरिरहेको बुँदा ३ अनुसारको प्रमाण पेश गर्नुपर्नेछ ।

७-  कुनै मिडियामा आबद्ध नरही स्वतन्त्र रुपमा पत्रकारितामा संलग्न रहनेहरुले अनुभव र सक्रियता खुल्ने प्रमाणसहित आवदेन गर्न सक्नेछन्। उनीहरुले बुँदा ३ अनुसारको प्रमाण पेश गर्नुपर्नेछ ।

८-   केन्द्रबाट बेलायत शाखामा सदस्यता स्थानान्तरणका लागि आएका सदस्यहरूको हकमा ती सदस्यले बेलायतमा पनि सक्रिय रूपमा पत्रकारिता गरिरहेको बुंदा ३ अनुसारको प्रमाण पेश गर्नुपर्नेछ।

९-  मिडियामा लगानीकर्ता र व्यस्थापनमा मात्र संलग्न तर पत्रकारितासम्बन्धी कुनै पनि कार्यमा सम्वद्ध नभएका व्यक्तिहरूलाई पत्रकार महासंघको सदस्यता दिइने छैन तर एउटै व्यक्ति मिडियामा लगानीकर्ता र व्यवस्थापक पनि रहिरहेको र पत्रकारितामा पनि सक्रिय भइरहेको भए उनीहरुलाई महासंघको सदस्यताबाट वञ्चित गरिनेछैन।

१०-  कुनै संघसस्थाको मुखपत्रबाट आएको सिफारिशपत्र शाखाको सदस्यताका लागि मान्य हुनेछैन।

११-   नेपाल पत्रकार महासंघ पत्रकारहरूको पेशागत संस्था भएकाले समुदायमा पत्रकारभन्दा अरु परिचयले स्थापित भइसकेका महानुभावहरुलाई पत्रकार महासंघको सदस्यताका लागि आवेदन नगरिदिनुहुन अनुरोध गर्दछौँ ।

१२-  नेपाल पत्रकार महासंघले यूट्यूबलगायत सामाजिक सञ्जाललाई मिडियाका रूपमा स्वीकार नगरिसकेकाले सामाजिक सञ्जालमा समाचारजन्य सामग्री बनाउने र प्रवर्द्धन् गर्नेका हकमा महासंघको साधारण सदस्यता दिन नसकिने व्यहोरा अवगत गराउँदछौँ ।

१३-  नयाँ सदस्यता लिन वा पुरानो सदस्यता नवीकरण गर्न आवेदन दिने आवेदकले बुंदा ३ मा उल्लेख भएअनुसार प्रकाशित समाचार सामग्रीको प्रमाण र एफएनजे यूकेको खातामा ३० पाउन्ड सदस्यता शुल्क बुझाएको प्रमाणसहितका कागजात एफएनएजे यूकेको इमेल् info@fnjuk.org वा 286 Bedfont Lane, Feltham TW14 9NU मा तोकिएको समयसिमाभित्रै पठाउनुपर्नेछ ।

१४-  प्राप्त आवेदनहरुको सदस्यता सिफारिशसम्बन्धि अन्तिम निर्णयको अधिकार नेपाल पत्रकार महासंघ यूकेसँग सुरक्षित रहनेछ।

आवेदन पठाउने ठेगाना:

286 Bedfont Lane, Feltham

Post Code-TW14 9NU

United Kingdom

सदस्यता शुल्क बुझाउने खाता:

Federation of Nepalese Journalists UK

Sort code: 20-16-99

A/C No: 13299961

Ref: Your Name

धन्यवाद

नेपाल पत्रकार महासंघ यूके

१ अप्रिल २०२४

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories