स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाए ।

Gurkha Channel Avatar

स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्।

एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको गत सोमबार साँझ आगलागीमा परेर मृत्‍यु भएको स्थानीय मिडियाले जनाएका छन्। 

शिक्षा र आँचल प्रा डा यज्ञराज सुवेदीका छोरी हुन्। उनीहरुमध्ये शिक्षा २४ वर्ष र आँचल २०-२५ कै हाराहारीमा रहेको उल्लेख गरिएको छ।

मृतकका बाबुआमा उक्त घटनाका बेला घरबाहिर रहेकाले सुरक्षित रहेको वताइएकाे छ ।

छिमेकीको फ्ल्याटमा शुरु भएको आगो सल्किएर सुवेदी परिवारको फ्ल्याटसम्म आइपुग्दा घटना भएको उल्लेख गरीएकाे छ भने घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले प्रारम्भिक अध्ययनमा घटनालाई शंकास्पद नठानेको जनाएको छ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories