,

विदेसमा रहेका महिलाहरुले परोपकारी कार्यको लागि सहयोगार्थ आवहन गर्दै मनाए यो वर्षको हरितालिका तिज

admin Avatar
teej

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज देश तथा बिदेशमा रहेका नेपालीहरुले पनि भब्य रुपमा मनाईरहेका छन् यो क्रममा वेलायतका महिलाहरुलाई पनि तिजको रमझमले छोएको छ। गत सनिवार तमुसमाज युके आमा समुहले लण्डनको हयारोमा आठौं लेडिज नाइटको आयोजना गर्दै कार्यक्रमलाई तीजमय वनाएको हो। कार्यक्रममा तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ, आमा समूह अध्यक्ष माया गुरुङ र समूहकी उपाध्यक्ष पुष्पा गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै दिउसो देखि नाच गान सुरु गरि राती अवेर सम्म रमाइलो गरिएको थियो। कार्यक्रममा ७० वर्ष नाघेका महिलाहरुलाई निशुल्क खानपिन तथा सम्मान गरिएको थियो भने सहभागीमध्ये सबैभन्दा उत्कृष्ट र लामो समयसम्म नृत्य गर्ने संगिता खत्री प्रथम, द्धितिय शिव गुरुङ र तृतीय कृपा गुरुङ लाई क्राउन र नटराजको मोतीबाट सम्मानित गरिएको थियो। कार्यक्रममा राफल ड्र गरि रकम संकलन गरि परोपकारी कार्यमा लगाउने अध्यक्ष माया गुरुङले वताउनु भयो। विभिन्न संघ सस्थाका प्रतिनिधी लगायत स्थानिय महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा सइन्द्र केसी, विन्दु घले, विमला गुरुङ, पुष्पा गुरुङ, समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ , मिरा गुरुङको सक्रिय योगदान रहेको थियो।

त्यसै गरि एसियन महिला एसोसिएसन युकेले पनि दसौ तीज भव्य रुपमा मनाएको छ। फार्नव्रोको स्यामुल कोडी स्कुलको सभा हलमा आयोजीत कार्यक्रममा समाज सेवी सरला थापा र आना र्फोस्टले पानसमा वत्ति वालेर संयुक्त रुपमा तीजको उद्घाटन गरेका थिए भने दसौं वर्षगाठको उपलक्षमा केक काटीएको थियो। कार्यक्रममा विभिन्न राफल ड्र , हेन्डी क्राफ्ट, केक तथा स्न्याक्स वीक्रि गरि उठेको एक हजार तीस पाउण्ड रकम लाई भुकम्प पीडीतको सहयोगका लागि पठाउने एसोसिएसनले जनाएको छ। तीज कार्यक्रमका संयोजक अम्वीका खड्काको सभापतित्वमा भएको कार्यक्रममा एसोसिएसनले हाल सम्म गरेको कृयाकलापको डकुमेन्ट्री प्रस्तुत गरीएको थियो। एसोसीएसनले हाल सम्म माइती नेपाल, रक्षा नेपाल, वाढी पहिरो पिडीत,एन आर एन युके वृद्ध आश्रम निमार्ण, व्लड क्यानसर पीडीत अन्जु कार्की, सीव कल्चर युके, साई सेन्टर युके, वुद्धिष्ट कम्युनिटी सेन्टर युके लागायतलाई आर्थिक सहयोग गरि सकेको छ। तीज कार्यक्रममा रष्मी पोख्रेल, दुर्गा पुन, लगायतको आकर्षक नृत्य प्रस्तुती सगैं सहभागीहरुलाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो। रयाफल ड्रको प्रथम पुरस्कार सुनको सिक्का सुमना श्रेष्ठले जीतीन भने वेष्ट डान्सर रेखा कार्की, वेष्ट डान्सर हजुरआमा सीव देवी सेन, वेष्ट डानसर छोरी रुवी गुरुङ र पाच वर्षीय नानी श्रेया थापा लाई सान्तोना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमलाई विभा गुरुङ र जीना गुरुङले संचालन गरेका थिए। अव देखि एसोसिएसनले हरेक वर्ष महिला दिवस र रेस फर लाइफ मा भाग लिने निर्णय गरेको छ।

यसै विच तमुधी लण्डन इकाई आमा समुहले पनि लण्डन वासी दिदीवहिनीहरुलाई भेला गराई भव्य रुपमा तीज मनाएको छ। आइतवार लण्डनको व्लुअर्किड रेष्टुरेन्टमा भव्य कार्यक्रम आयोजना गरि दीदीवहिनीहरुलाई तिजको रमाइलो प्रदान गरेको हो। आमा समुहकी अध्यक्ष हुम कुमारी गुरुङले सवैलाइ स्वागत गर्दै प्रमुख अतिथिको रुपमा तमुधि युकेका प्रथम महिला पवित्रा गुरुङ र सल्लाहकार नन्द कुमारी गुरुङले संयुक्त रुपमा पानसमा वत्तिवाली कार्यक्रमलाई उदधाटन गरिएको थियो। कार्यक्रममा तमुघि युकेका महिला सल्लाहाकारहरु जगना गुरुङ, मञ्जु गुरुङ, सोनपल समाजका अध्यक्ष चन्द्र गुरुङ, मानदेबी गुरुङ, नयन्द गुरुङ, तमु बुद्ध सेवा समिती काठमाडौका उपाध्यक्ष क्याप्टेन रामकाजी, कृष्ण कुमारी गुरुङ, नातागोता युके मञ्चका अध्यक्ष भुनमाया (माईती) थापा , लण्डन बुद्ध आमा समुहका उपाध्यक्ष युवाकुमारी गुरुङ लगायतको सहभागीता रहेको थियो। कार्यक्रममा राफल ड्र को व्यावस्था गरिएको थियो भने पहिलो पुरस्कारको रुममा सुनको जन्तर प्रदान गरिएको थियो। यसैगरी नृत्यमा प्रथम हुनेदेखि छैटो हुने दिदी बहिनीहरुलाई समुहकी अध्यक्ष हुमकुमारी गुरुङले पुरस्कार बितरण गर्नुभएको थियो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories