जापान सरकारले महाभूकम्प पछि भत्कीएका संरचनाहरुको पुनःनिर्माणमा सहयोग गर्ने इच्छा देखाएको छ। जापान सहयोग नियोग (जाइका)का प्रमुख अकिहितो तानाकाले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी नेपालको पुनः निर्माण अभियानमा जापान सरकार सहयोग गर्न

इच्छुक रहेको बताएका हुन्। उनले जापान पनि भूकम्पबाट तहस नहस भएपछि पुनःनिर्माण गरिएको उल्लेख गर्दै नेपालले जापानको पुनःनिर्माणको इतिहाँस अध्ययन गर्नु राम्रो हुने सुझाव समेत दिए। जापानमा पनि ठुला ठुला भूकम्पबाट भौतीक संरचना भत्कीएपछि भूकम्प प्रतिरोघी घरहरु र संरचना बनाइएको बताउँदै नेपालको पुनःनिर्माणमा जापानी प्रविधि प्रयोगकालागि जापानले जस्तोसुकै सहयोग गर्ने बताए।

भेटमा प्रधानमन्त्री कोइरालाले जापानको सहयोगकालागि धन्यवाद दिए । उनले जापान सरकारले थप सहयोग गर्ने आशा समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री कोइरालाले विश्वभरबाट सहयोगको आश्वासन आइरहेको बताउँदै जापानले विशेष सहयोग गर्ने आशा व्यक्त गर्नुभयो। जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकन गरी वस्तुगत अवस्थाको जानकारी लिइरहेको छ।

} else {