भुकम्प प्रभाबित गाउँ र जनताहरुलाई बसोबासको व्यवस्था गर्ने

Naresh Ale Avatar

नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले भुकम्प प्रभाबित गाउँ र जनताहरुलाई बसोबासको व्यवस्था गर्ने गरी भुकम्प प्रतिरोधात्मक नमुना गाउँ बनाउन आइक्यापमा सहभागीहरुलाइ आग्रह गर्नु भएको छ। २२ र २३ तारिखमा रसियामा भएको आइक्यापमा सहभागी हुन रसिया जानु भएकी कोइरालाले सहभागी विश्वका व्यवसायीहरुलाई नेपालमा भुकम्पीय संकट परेको र लाखौ मानीस घरबार बिहिन भएको भन्दै सहयोग गर्न आग्रह गर्नु भयो।

आइक्यापमा भएको व्यापार बृद्धि सम्बन्धी दुई दिने सम्मेलन भाग लिनु भएकी कोइरालाले काठाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी आफुले व्यापारीहरुलाई यस्तो घडिमा नेपालमा सहयोग गर्न आग्रह गरेको बताउनु भयो। नेपालमा अब नयाँ सहरको आवश्यकता रहेको औल्याउदै उहाँले हावा, पानी, यातायत लगाएत सम्पुर्ण सेवा सुविधा भएको स्थानमा बस्ती विस्तार गर्नु पर्नेमा जोड दिनु भयो। कोइरालाले भन्नुभयो, मैले सबै घर बनाइदिने हैन् दाता खोज्ने मात्रै हो वातावरण बनाउने सरकार र जनताकै हो।

सुविधा सम्पन्न ठाउँमा नयाँ सहर बनाएर त्यहा हरेक भुकम्पबाट मृत्यु भएकाहरुको नाम लेख्नु पर्ने नेतृ कोईरालाको सुझाव छ। कोइरालाले पुनस्र्थापनाको कामलाई तिब्रता दिनु पर्ने भन्दै पुनस्र्थापनामा विश्वका ठुला व्यापारीहरुले पनि आग्रहलाई स्वीकारेको बताउनु भयो। फरक एक प्रसंगमा कोइरालाले राहत वितरण लाइ प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीलार्ई मात्रै कामको बोज थपेर नहुने उल्लेख गर्नु भयो।

if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories