महाभूकम्पबाट प्रभावित सञ्चार माध्यम र सञ्चारकर्मीहरुका लागि राहत उपलब्ध गराउने तयारी

Naresh Ale Avatar

सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बिनाशकारी महाभूकम्पबाट प्रभावित सञ्चार माध्यम र सञ्चारकर्मीहरुका लागि सरकारले तत्काल कार्ययोजना बनाइ राहत उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभएको छ। नेपाल प्रेस यूनियनको बुधवार २४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दे मन्त्री रिजालले सञ्चारगृह, काम गर्ने पत्रकारहरु, सम्पादक र लगानीकर्ताहरुसँग छलफल भइरहेको र तत्काल कार्ययोजना बनाई भूकम्पबाट प्रभावित सञ्चारगृह र सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउने जानकराी दिनुभएको हो।

विभिन्न सञ्चारमाध्यमको अवलोकन गरिरहेको र अब सम्पादकहरुसँग पनि छलफल गरि राहत प्याकेजलाई प्रभावकारी बनाउन कार्ययोजनाको चरणमा पुगेको जानकारी दिदै मन्त्री रिजालले अबको केही समयपछि सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउने भनाई थियो। सूचना तथा सञ्चारमन्त्री रिजालले बिस्तृत कार्ययोजनासँगै अगामी बजेटमा पनि सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हकहित बजेट छुटयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री रिजालले राष्ट्र पुर्ननिर्माणका लागि राष्ट्रिय संकल्प आवश्यक रहेकोमा जोड दिदै झण्डै दुई सय खर्ब बजेटको अनुमान गरिएको र त्यसका लािग मित्रराष्ट्र, दातृ निकाय लगायत सबैलाई सहयोगका लागि आव्हान पनि गर्नुभयो। सरकार एकलैको प्रयासले राष्ट्र पुर्न निर्माण सम्भव नभएको भन्दै मन्त्री रिजालले सबै राजनितिक दलहरुलाई सँगै मिलेर अघि बढन आव्हान पनि गर्नुभयो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories