भूकम्प पीडितको राहत अनियमितता गर्ने जो कोहीलाई पनि नछाड्ने

Naresh Ale Avatar

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको नाममा आएको राहत अनियमितता गर्ने जो कोहीलाई पनि नछाड्ने प्रष्ट पार्नुभएको छ। बुधबार विभिन्न संघसंस्थाहरुको राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले राहत रकममा आँखा लगाउनेलाई हदै सम्मको कारबाही गर्ने प्रष्ट पार्नुभएको हो।

प्रधानमन्त्री कोइरालाले राहतमा आँखा लगाउने जो सुकै अधिकारीले अनियमितिता गरेको थाहापाए तत्काल जेल हाल्ने सम्मको कारबाही गरिने बताउनुभयो। प्रधानमन्त्री कोयरालाले सरकारको दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा भएको रकम पारदर्शी ढंगले पीडित जनतासमक्ष पुग्ने बताउनुभयो। उहाले संघसंस्थाहरुले पनि सरकारी कोष मार्फत ढुक्क भएर राहत दिन आग्रह समेत गर्नुभयो। बुधबार प्रजातान्त्रीक प्राध्यापक संघ, एनसीसी बैंक, रिलायल डेभलपमेन्ट बैंक लगायतका संस्गथाहरुले राहत कोषमा रकम जम्मा गर्न प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका थिए।

} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories