बिशेष समिति

Naresh Ale Avatar

व्यबस्थापिका संसद अन्र्गतको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिकोसमितिले भूकम्प प्रभावित जिल्लाहरुमा भएको क्षति तथा सरकारी तबरबाट भैरहेको राहत तथा पुनःस्थापनासम्बन्धी विवरण ५ दिनभित्र समितिमा उपलब्ध गराउन सरकारलाई पुन निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको बैठकले यसअघि दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै पुन यस्तो निर्देशन दिएको हो।

यस्तै प्रधानमन्त्रीको नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु सहितको सर्वदलीय संयन्त्र गठनको विषयमा विस्तृत विवरण पनि दुई दिनभित्र समितिमा पेश गर्न समितिले सरकारलाई निर्देशन दिएको छ। अन्यथा संयन्त्र गठन नभएको निकर्षसहित समितिले निर्णयहरु लिने समितिका संयोजक सुवास नेम्वाङले जानकारी दिनुभयो। समितिले भूकम्प प्रभावित मध्येका तनहुँ, लमजुङ, स्याङ्जा, सोलुखुम्बु र पर्वत जिल्लामा भैरहेको उद्दार, राहत र पुनःस्थापनाका विषयमा अनुगमन गर्न जेष्ठ १४ गतेदेखि सभासदको छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको छ।

बैठकमा सभासदहरुले ‘वर्षायाम अघि नै बासस्थान बनाउन सरकार गम्भीर बन्नुपर्ने’ भन्दै सहि तथ्यांक संकलनका लागि तत्काल कर्मचारी खटाउनुपर्ने बताएका थिए। सभासदहरुले महंगी तथा भौगोलिक विकटताका कारण १५ हजारले अस्थायी टहरा निर्माण गर्न नसकिने भन्दै रकम बृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।

if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories