गैरआवासीय नेपाली संघद्धारा तराईका तीन अञ्चल अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण

admin Avatar

नेपालमा तराइ बन्द र भारतको नाकाबन्दीका कारण उपभोग्य वस्तुसंगै औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले तराईका तीन अञ्चल अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ । साढे तीन महिना भन्दा लामो समय देखि तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चाले नाका ठप्प गर्ने गरी सिमा नाकामा आन्दोलन केन्द्रित गरेसँगै भारतले गरेको अघोषित नाकाबन्दी लम्बिरहदा उपभोग्य बस्तुसँगै नेपालभर औषधिको पनि चरम अभाव भएको हो । संघले मंगलबार जनकपुर अञ्चल अस्पताल, नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंज र लुम्बिनी अञ्चल अस्पताल बुटबलका लागि अत्यावश्यक औषधि हस्तान्तरण गरेका हुन । नेपालीको लागि नेपाली भन्ने मुल मर्मलाई आत्मसात गर्दै संघले जनकपुर अञ्चल अस्पतालका लागि ७ लाख ४ हजार ६ सय ७० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ । संघका अध्यक्ष शेष घलेले जनकपुर अञ्चल अस्पतालका निमित्त मेसु डा. रामनरेश पण्डितलाई उक्त मूल्य बराबरको अत्यावश्यक औषधि हस्तान्तरण गर्नुभएको हो ।
औषधि हस्तान्तरण गर्दै अध्यक्ष घलेले विगत एक महिना देखि काठमाडौंमा रहि गृहकार्य गरी देश बाहिर बस्ने सम्पूर्ण गैरआवासीय नेपालीहरुले गरेको योगदानबाट आएको औषधि भएको बताउदै अस्पतालमा औषधि विना कसैको मृत्यु हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै जनकपुर अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामनरेश पण्डितले तराइ बन्द र भारतको अघोषित नाकाबन्दीका कारण स्वास्थ्य सेवा प्रभावित हुदै आएकोमा अस्पतालमा औषधि अभावका बिच सेवा प्रवाह गर्दै गरेको जानकारी दिदै एनआरएनएले उपलब्ध गराएको औषधिले गरिव तप्काका विरामीको उपचारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
औषधि हस्तान्तरण कार्यक्रममा एनआरएनका संरक्षक कुलचन्द्र गौतम पनि सहभागी हुनुभएको थियो ।
त्यस्तै संघले सिमरा विमानस्थल बारामा नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजका लागि करिब ४ लाख मूल्य बराबरको अत्यावश्यक औषधि सहयोग ग¥यो । संघका अध्यक्ष घले, प्रवक्ता रञ्जु वाग्ले र संरक्षक इन्द्रा वनले नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजका नायब सुब्बा उदय शंकर चौधरीलाई औषधि हस्तान्तरण गर्नुभयो ।
औषधि ग्रहण गर्दै नायब सुब्बा चौधरीले सहयोगको अत्यावश्यक औषधि पारदर्शी रुपमा निःशुल्क वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी संघले गौतमबुद्ध विमानस्थलमा लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई ३ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको अत्यावश्यक औषधि हस्तान्तरण ग¥यो ।
औषधि हस्तान्तरण गर्दै संघका अध्यक्ष घलेले मानवीय नाताले नेपालीलाई विदेशमा रहेका गैरआवासीय नेपालीहरूले एक–एक डलर उठाई अत्यावश्यक औषधि खरिद गरी नेपाल पठाएको जानकारी दिदै एनआरएनएले राजधानी बाहिर पहिलो पटक तीन अस्पताललाई औषधि सहयोग गरेको बताउनुभयो ।
त्यस्तै गैरआवासीय नेपाली संघका प्रवक्ता रञ्जु वाग्लेले तीनवटा हस्पिटलबाट अनुरोध आएकोले ती अस्पतालहरुमा अत्यावश्यक औषधि हस्तान्तरण गरिएको जानकारी दिदै पाएको जीवन खेर नजाओस भन्ने उद्देश्यले अत्यावश्यक औषधि हस्तान्तरण गरिएको बताउनुभयो ।
त्यस्तै लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले लाइफ सेभिङ औषधि पाएर केहि राहत भएको बताउदै औषधि सहयोगले थप उत्साह र सपोर्ट पाएको प्रतिक्रिया दिनुभयो ।
उपलब्ध गराइएका औषधिमा अस्तपालको आकस्मिक कक्ष, आईसीयू, सीसीयु तथा सुत्केरीको रक्तश्राव रोक्ने खालका बढी छन ।
नेपाली सेनाको हेलिकप्टरले काठमाडांैदेखि जनकपुर, सिमरा र भैरहवाका लागि औषधि ढुवानी गर्न सहयोग गरेको थियो । यसअघि गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई ३८ लाख मूल्य बराबरको अत्यावश्यक औषधि हस्तान्तरण गरेको थियो ।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories