गैरआवासीय नेपाली संघ महिला फोरमद्धारा भुकम्प पीडित सिन्धुपाल्चोक इचोक गाविसका महिलाहरुलाई नयाँ लुगा वितरण

admin Avatar

गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प पीडित सिन्धुपाल्चोक इचोक गाविसका महिलाहरुलाई नयाँ लुगा वितरण गरेको छ। भुकम्प पीडितहरुलाई दशैंमा पनि नयाँ लुगा होस भनेर संसारभरी रहेका गैरआवसीय महिलाहरुबाट आर्थिक संकलन गरी इचोक गाविसका महिलाहरुलाई शनिबार पोशाक वितरण गरिएको हो। गैरआवासीय नेपाली महिला संयोजक शपिला राजभण्डारी, सहसंयोजक रजनी प्रधान, सचिव रञ्जु वाग्ले थापा, सीता सापकोटा, इन्द्रा वनलगायतका गैरआवासीय नेपाली महिलाहरुको टोलीले ७ सय ५० जना महिलाहरुलाई नयाँ लुगा वितरण गरेको हो।

DSC_0039

वितरण गरिएको पोशाकमा साडी र सल छन। कार्यक्रम पछि गोर्खा च्यानलसंग कुरा गर्दै संयोजक शपिला राजभण्डारीले तीज कार्यक्रम र परोपकारी कार्यक्रमबाट संकलन भएको रकमबाट दशैं अघि नयाँ लुगा वितरण गर्न पाउदा भुकम्प पीडितहरुलाई अलिकति भएपनि खुशी दिएको महशूस गरेको बताउनुभयो। त्यस्तै सचिव रञ्जु वाग्लेले महिलाहरुका लागि महिला फोरमले दशैंको मुखमा भुकम्प पीडितलाई नयाँ लुगा वितरण गर्न पाउदा आनन्द महशुस भएको प्रतिक्रिया दिइन।

त्यस्तै टोलीमा सहभागी रजनी प्रधानले यस गाउमा धेरै महिलाहरुको बेचविखन हुने भएकोले नै यस ठाउ रोजेर नयाँ लुगा वितरण गरेको बताइन। विश्व सम्मेलनका दौरान अझै दुई तीन स्थानमा कपडा वितरण गर्ने गैरआवासीय नेपाली संघ महिला फोरमले जनाएको छ।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories