Author: Naresh Ale

दलका नेता

एकीकृत नेकपा माओवादीका नेता एवम संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार भनेको अहिलेकै सुशील कोइराला नेतृत्वको सरकारको निरन्तरता नभएको स्पष्ट पार्नुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले राष्ट्रिय सहमतिको सरकारको लागि बर्तमान सरकारले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राख्दै त्यसपछि दलहरुवीच छलफल गरेर सहमतिको सरकार गठन गर्नु पर्ने आवश्यकता औल्याउनुभयो। रायमाझीले ब्यवस्थापिका संसदबाट पारित भएको साझा संकल्प प्रस्तावको आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने सुझाव राख्दै त्यही राष्ट्रिय सहमतिको सरकारको आधारमा विपत्तिको सामना र संविधान निर्माण गर्नु पर्ने बताउनुभयो। उहाले सहमतिको सरकार गठनको विषयमा शिर्ष तहमा छलफल भईरहेको जानकारी दिदै नीतिगत कुरा मिलिसकेको र केही प्राविधिक कुरामात्रै मिल्न बाँकी रहेकोले एक महिनाभित्र सहमतिको सरकार बन्ने विश्वास ब्यक्त गर्नुभयो। साक्षात्कारमा नेपाली काग्रेसका सभासद गगन थापाले राष्ट्रिय सहमतिको सरकार निरकुश र गैरजिम्मेवार हुने भन्दै आफू सहमतिको सरकारको पक्षमा नभएको स्पष्ट पार्नुभयो। उहाले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्दै प्रतिपक्षी विहिन राजनीतिले कुनै नतिजा नदिने भएकोले एमाले र एमाओवादी मिलेर सरकार बनाउन खोजे काग्रेस प्रतिपक्षमा बस्ने बताउनुभयो। उहाले आफूले पनि पहिला भावनामा बगेर विपत्तिको सामना गर्न सहमतिको सरकारको बकालत गरेको भन्दै अहिले प्रतिपक्षी नहुने हो भने सरकारलाई जिम्मेवार बनाउन नसक्ने, निरकुंश हुने अवस्था आउने बुझेका धारणा पनि...

Read More

नेपाल भारत मेडिकल

गत बैशाख १२ र २९ गते आएको भुकम्पबाट महामारी हुने खतरा रहेको औल्याउँदै नेपाल मेडिकल एशोसियसन र ईण्डियन मेडिकल एशोसियसनले छिट्टै संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोवाईल हेल्थ क्याम्प) सञ्चालन गर्ने घोषणा गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुवै देशका मेडिकल एशोसियसनले भुकम्पका कारण अस्थायी बसोबासमा बसेका नेपालीहरु महामारीको जोखिममा पर्ने संभावना रहेको भन्दै चाँडोभन्दा चाँडो घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको हो। भूकम्प पीडितहरुको लागि औषधोपचारका लागि ईण्डियन मेडिकल एशोसियसनले करिव रु ४० लाखको सहयोग गरिसकेको समेत एशोसियसनका अध्यक्ष डा. मारथान्डा पिलाईले जानकारी दिनुभयो। नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. अञ्जनी कुमार झाले भुकम्प पीडितहरुका लागि आफूहरुले यथाशिघ्र स्वास्थ्य सेवाको पहुँच पु¥याएको दाबी गर्नुभयो। कार्यक्रममा दुवै देशका मेडिकल एशोसियसनवीच भएको विभिन्न सात बुँदे सहमति समेत सार्वजनिक गरिएको छ। उक्त सहमतिमा रिलिफ क्याम्पमा बसेकाहरुका लागि औषधी तथा स्वास्थ्य विज्ञहरु उपलब्ध गराउने, मनशुनलाई ध्यानमा राखेर हुने सक्ने महामारीबाट बच्नका लागि विशेष रणनीति बनाउने र यदि महामारी उत्पन्न भए त्यसको लागि आई.एम.ए ले सबै खाले मेडिकल सहयोग गर्ने, बाढी–पहिरो उत्पन्न भए त्यसमा पनि सहयोग गर्ने लगायत...

Read More

भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन

राष्ट्रपति डाक्टर रामवरण यादवले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन गर्नुभएको छ। राष्ट्रपति यादवले क्षतिग्रस्त बनेको विश्वविद्यालयको केन्द्रीय कार्यालय, त्रिवि केन्द्रीय पुस्तकालयलगायतका स्थानमा भएको भौतिक क्षति सम्बन्धमा स्थलगत अवलोकन गरी जानकारी लिनुभएको थियो। अवलोकनका क्रममा राष्ट्रपतिसँगै शिक्षा मन्त्री एवम् विश्वविद्यालयकी सहकुलपति चित्रलेखा यादव, शिक्षा सचिव विश्वप्रकाश पण्डित, विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जन, निमित्त रजिस्टार देवराज अधिकारीलगायतको सहभागिता रहेको थियो। अवलोकनपश्चात् राष्ट्रपति डाक्टर यादवले देशकै पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालयमा भूकम्पले धेरै भौतिक क्षति गरे पनि विश्वविद्यालयका नियमित काम कारबाहीलाई वैकल्पिक उपाय अवलम्बन गरी सुचारु गर्न विश्वविद्यालय सम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभयो। विश्वविद्यालयको पात्रो नबिग्रने किसिमले यथाशक्य चाँडो विश्वविद्यालयका कामलाई सुचारु गर्नुपर्नेमा उहाँको जोड थियो। विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनले भूकम्पले विश्वविद्यालयमा धेरै क्षति पु¥याएको र यसको पुनःनिर्माणका लागि विश्वविद्यालयले आन्तरिक कोष तयार गरी काम अघि बढाउने योजनामा रहेको जानकारी गराउनुभयो। उहाँले विश्वविद्यालयबाट रु १५ करोड अक्षय कोष राखी पाँच दिन बराबरको तलब कट्टा गरी पुनःनिर्माण कोष निर्माण गर्न लागिएको जानकारी गराउनुभयो।...

Read More

माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव

माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देश भूकम्पको पीडामा रहेका बेला प्रमुख भनिएका दल र नेताहरु राष्ट्रिय सरकारका नाममा कुर्सीको लागी हानथाप गर्नु गलत भएको बताउनुभएको छ। पत्रकार कृष्णसेन ‘इच्छुक’को १३ औं स्मृति दिवसका अवसरमा क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरुमा अझै पनि जनताको सेवा भन्दा आफ्नो प्रचार गर्ने र भाग सुरक्षित गर्ने प्रवृति देखिएको भन्दै सबै दल मिलेर प्रभावित जनताको आवास, राहत र पूननिमार्णका लागि लाग्नु पर्ने आवस्यकता रहेकोमा जोड दिनुभयो। विप्लवले रोल्पामा भएको पा‘च बुँदे सहमति र दिल्लीमा भएको १२ बुँदे सहमतिबाट नेताहरु पछि हटेकाले राजनीतिक संकर्मण बढ्दै गएको दाबी गर्नुभयो। उहाले अहिले जनतालाई आत्मनिर्भर बनाउन प्रयत्न गर्नु पर्ने भन्दै वैदेशिक सहयोग लिने तर यसका नाममा हुने हस्तक्षेपलाई आफ्नो पार्टीले स्वीकार नगर्ने स्पष्ट पार्नुभयो। कार्यक्रममा माओवादी पोलिटव्यूरो सदस्य असारे काका, संघीय जनवादी देशझक्त मोर्चाका अध्यक्ष तिलक परियार लगायतले कृष्णसेनका बारेमा चर्चा गरेका थिए। } else...

Read More

हिमाली भेगमा अझै सम्म पनि सरकारको राहत पुग्न नसकेको

हिमाली भेगमा अझै सम्म पनि सरकारको राहत पुग्न नसकेको भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नौ बुँदे ध्यानकर्षण पत्र बुझाइएको हो। एकीकृत माओवादी सभासद ल्यारक्याल लामाको नेतृत्वमा गएको एक टोलीले हिमाली भेगमा अझैसम्म पनि राहत पुग्न नसकेको बताए। उनीहरुको ध्यानकर्षपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले हिमाली भेगमा राहत पुग्न नसक्नुको बारेमा आफुले पहिला बुझ्ने बताउनुभयो। कोइरालाले हिमाली भेगमा पनि हेलीकोप्टर मार्फत राहत पठाउन आफुले पहिल्यै निर्देशन दिएको बताउँदै राहत पुगे नपुगेको बारे पहिला आफुले बुझ्ने बताउनुभएको हो। उहाले सबै तीरका जनताले समान राहत पाउनुपर्ने बताउँदै त्यसकालागि आफुले विशेष पहल थाल्ने समेत उल्लेख गर्नुभयो। एक टोलीले भूकम्पबाट भत्कीएका गुम्वा मठमन्दिरहरुको पनि निर्माण कार्य सुरु गर्नुपर्ने जनाएको छ। if (document.currentScript)...

Read More