माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव

Naresh Ale Avatar

माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देश भूकम्पको पीडामा रहेका बेला प्रमुख भनिएका दल र नेताहरु राष्ट्रिय सरकारका नाममा कुर्सीको लागी हानथाप गर्नु गलत भएको बताउनुभएको छ। पत्रकार कृष्णसेन ‘इच्छुक’को १३ औं स्मृति दिवसका अवसरमा क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरुमा अझै पनि

जनताको सेवा भन्दा आफ्नो प्रचार गर्ने र भाग सुरक्षित गर्ने प्रवृति देखिएको भन्दै सबै दल मिलेर प्रभावित जनताको आवास, राहत र पूननिमार्णका लागि लाग्नु पर्ने आवस्यकता रहेकोमा जोड दिनुभयो। विप्लवले रोल्पामा भएको पा‘च बुँदे सहमति र दिल्लीमा भएको १२ बुँदे सहमतिबाट नेताहरु पछि हटेकाले राजनीतिक संकर्मण बढ्दै गएको दाबी गर्नुभयो।

उहाले अहिले जनतालाई आत्मनिर्भर बनाउन प्रयत्न गर्नु पर्ने भन्दै वैदेशिक सहयोग लिने तर यसका नाममा हुने हस्तक्षेपलाई आफ्नो पार्टीले स्वीकार नगर्ने स्पष्ट पार्नुभयो। कार्यक्रममा माओवादी पोलिटव्यूरो सदस्य असारे काका, संघीय जनवादी देशझक्त मोर्चाका अध्यक्ष तिलक परियार लगायतले कृष्णसेनका बारेमा चर्चा गरेका थिए।

} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories