दलका नेता

Naresh Ale Avatar

एकीकृत नेकपा माओवादीका नेता एवम संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार भनेको अहिलेकै सुशील कोइराला नेतृत्वको सरकारको निरन्तरता नभएको स्पष्ट पार्नुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले राष्ट्रिय सहमतिको सरकारको लागि बर्तमान सरकारले मार्ग प्रसस्त गर्नु पर्ने धारणा

राख्दै त्यसपछि दलहरुवीच छलफल गरेर सहमतिको सरकार गठन गर्नु पर्ने आवश्यकता औल्याउनुभयो। रायमाझीले ब्यवस्थापिका संसदबाट पारित भएको साझा संकल्प प्रस्तावको आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने सुझाव राख्दै त्यही राष्ट्रिय सहमतिको सरकारको आधारमा विपत्तिको सामना र संविधान निर्माण गर्नु पर्ने बताउनुभयो। उहाले सहमतिको सरकार गठनको विषयमा शिर्ष तहमा छलफल भईरहेको जानकारी दिदै नीतिगत कुरा मिलिसकेको र केही प्राविधिक कुरामात्रै मिल्न बाँकी रहेकोले एक महिनाभित्र सहमतिको सरकार बन्ने विश्वास ब्यक्त गर्नुभयो।

साक्षात्कारमा नेपाली काग्रेसका सभासद गगन थापाले राष्ट्रिय सहमतिको सरकार निरकुश र गैरजिम्मेवार हुने भन्दै आफू सहमतिको सरकारको पक्षमा नभएको स्पष्ट पार्नुभयो। उहाले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्दै प्रतिपक्षी विहिन राजनीतिले कुनै नतिजा नदिने भएकोले एमाले र एमाओवादी मिलेर सरकार बनाउन खोजे काग्रेस प्रतिपक्षमा बस्ने बताउनुभयो। उहाले आफूले पनि पहिला भावनामा बगेर विपत्तिको सामना गर्न सहमतिको सरकारको बकालत गरेको भन्दै अहिले प्रतिपक्षी नहुने हो भने सरकारलाई जिम्मेवार बनाउन नसक्ने, निरकुंश हुने अवस्था आउने बुझेका धारणा पनि राख्नुभयो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories