पूर्ण समानताका मागहरु यथाशिघ्र पुरा गराउन र सरकारका तर्फबाट आवश्यक पहल गरिदिन पूर्वप्रधानमन्त्री कोइरालालाई गोर्खालीहरुको ज्ञापन

Oman Gauchan "Hanson" Avatar

हाल नेपालमा रहेका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिका पदाधिकारीहरु पूर्ण समानताका मागहरु पुरा गराउन सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका छन । कृष्ण राईको संयोजकत्वमा रहेको टोलीले पूर्वप्रधानमन्त्री कोइरालालाई आफ्ना माग पुरा गराउन र समानता मागहरु यथाशिघ्र पुरा गराउन तत्काल सम्पूर्ण आवश्यक पहल गरि नेपालको सरकारकातर्फबाट दबाव सृजना गर्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै टोलीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालाई पनि सोमबार उहाँकै निवासमा भेटगरी गोर्खालीको माग पुरा गराउन पहल गरिदिन आग्रह गरेका छन ।
यसअघि आइतबार टोलीले उपप्रधान एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीलाई ज्ञापन पत्र बुझाएको थियो । गोर्खा आन्दोलन संघर्ष समितिले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत विभिन्न मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाइसकेको छ । गोर्खालीहरुले करिब २ सय वर्ष अगाडि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनशन कार्यक्रम गरेको थियो । सन् २०१६ अप्रिल २४ सम्म आफ्ना मागहरु पुरा नभए आमरण अनशन बस्ने गोर्खालीहरुको चेतावनी छ । समानताको गोर्खा आन्दोलन प्रारम्भ भएको २५ वर्ष बितिसकेको छ ।

 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories