११औ पान्चथर कप 2 RGR ले बिजय हासिल गरे ।

Bimala Sene Avatar

नगेन्द्र राज नेम्बाङ्ग– लन्डन, हन्स्लो 4 मे 2024 सनिवारका दिन पान्चथर समाज सेवा युकेद्वारा प्रत्येक बर्स खेलाउदै आएको ११औ पान्चथर कप 2 RGR ले हात पारेको छ । ११ औ पान्चथर कप 2 RGR ले फाइनल खेलमा एफ सि तोङ्बा टीमलाइ 0 का बिरुद्ध 2 गोल स्कोर गरि बिजय हासिल गरेका थिए।मेन टिम समुहमा फार्नबोरो इलाइट टिमबाट सौगत गुरुङले अत्यधिक स्कोर गरे भने 2 RGR टीमबाट रोसन थाम्सुहाङ उत्कृस्ट खेलाडी छानिए। बिजय टिमलाइ पान्चथर कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्राप्त गरेका थिए ।उक्त प्रतियोगिता तिन समुहले खेलेका थिए ।मेन टिम,भेटेरेन,र सुपर भेटेरेन टिम।सुपर भेटेरेन समुहमा उप बिजेता धरान एफ सि भए भने इलाम एफ सि बिजय भए टप स्कोरर इलाम एफ सि टीमका लेख राइ भए भने उत्कृस्ट खेलाडी पनि इलाम एफ सिबाट धन राइ बने ।

भेटेरेन समुहमा उप बिजेता एन एन एफ सि भए भने इन्टेक 04 ले बिजय हासिल गरे।टप स्कोरर इन्टेक 04 टीमबाट निसान गुरुङले गरे भने भने उत्कृस्ट खेलाडी पनि इन्टेक 04 टिमबाट सोम थापा छानिए। तिन समुहमा बिभाजित फुटबल प्रतियोगितामा जम्मा 34 टिमले भाग लिएका थिए । तिनै समुहका बिजय टीमलाइ कप नगद र इन्डिभिजल ट्रफी पुरस्कार पाएका थिए भने उप बिजेता हरुले नगद र इन्डिभिजल ट्रफी प्राप्त गरेका छन । खेल सुरु भएको मध्यान्तरमा जन्मभुमी नेपाललाइ सम्मान र स्मरण गर्दै नेपालको रास्ट्रीय गित र बेलायतको नेस्नल एन्थम बजाउदै प्रमुखअथिती मेजर गजेन्द्र आङ्देम्बे र अध्यक्ष शान्ती लिम्बुले सङ्युक्त रुपमा दिप प्रजलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।बरिस्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङले उपस्थित अथितिहरुलाइ स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा प्रमुख अथिती मेजर गजेन्द्र आङ्देम्बेले उपस्थित खेलाडिहरुलाइ हार्दिक धन्यबात दिदै पाचथर समाज सेवा युके लाइ आउदो बर्शहरुमा पनि यसरी नै उतरोतर प्रगतिको हार्दिक सुभ कामना मन्तब्य राख्नु भएको थियो। प्रतियोगिता सङ्योजक सन्देश नेम्बाङ्ग र सङ्स्थाका अध्यक्ष शान्ती लिम्बु ले उपस्थित सम्पुर्ण खेलाडी दर्सक प्रतियोगिता सन्चालनमा खटिनु भएका कार्य समिति अफिसियल पुरस्कार प्रायोजक लाइ धन्यबात प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए। शान्ती लिम्बु को अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा अन्य अथितिहरु ,कियाचु युकेका सल्लाहकार याम बहादुर आङ्बोहाङ माङेना चुम्लुङ युकेकी सङ्स्थापक अध्यक्ष कमला लिम्बु सेवारो कलाकार सङ्घ युकेकी अध्यक्ष दुर्गा पाङमा सङ्घिय लोकतान्तृक समाजिक मन्च युकेकी अध्यक्ष सर्मिला याक्सो किरात याक्थुङ चुम्लुङ युकेका सङ्स्थापक अध्यक्ष ख्ड्गजङ आङ्बोहाङ तेर्थुम समाज युकेको अध्य क्ष जय मादेम्बा इलाम सोसाइटी युकेकी अध्यक्ष प्रमिला लाबुङ राइ गोर्खा च्यानल सन्चालिका बिमला सेने को उपस्थिती रहेको थियो।औपचारिक कार्यक्रम महासचिव लाहाङ चेम्जोङले सन्चालन गरेका थिए भने प्रतियोगिता सन्चालन खगेन्द्र लावती ,योगेन्द्र तावा,कोषाध्यक्ष सिखर लिम्बु र को-ओर्डिनेटर सन्देश नेम्बाङले सन्चालन गरेका थिए। स्मरण रहोस मेन टीम अत्यधिक स्कोरर को पुरस्कार सङ्स्थापक महासचिव स्व. प्रेम प्रकाश नेम्बाङको सम्मान र सम्झनामा सङ्स्थाबाट नै प्रदान गर्दै आएको छ ।

Oman Gauchan "Hanson" Avatar