माया इभेन्ट्सले माया टी १० क्रिकेट प्रतियोगिता गर्ने।

Bimala Sene Avatar

लन्डन । माया इभेन्ट्सले  लन्डनमा  आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा माया टी १० क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

गत शुक्रबार लन्डन, हन्स्लोस्थित मामाज रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गदै माया इभेन्ट्सका सिइयो राज पाण्डेले जनाए अनुसार मिडलसेक्स्को टप थ्रीमा पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रतियोगिता आयोजना गरिने क्रिकेट प्रतियोगिता सगैं सांगीतिक कन्सर्ट पनि गर्न लागिएको हो । त्यस दिन क्रिकेटसंगै कन्सर्ट, खाना, राष्ट्रिय पोशाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने छ ।

नेपाल, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरुसहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबीच प्रतिष्पर्धा हुनेछ ।

अष्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट करण केसी, दीपेन्दसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेलसहित १३ जना व्यवसायिक खेलाडी समेत बेलायत आउने पाण्डेले बताए ।

विजेतालाई ५ हजार पाउण्ड र उपविजेतालाई २००० पाउण्ड नगद पुरस्कार दिइने सिइयो पाण्डेले जानकारी दए ।

सांगीतिक कन्सर्टका लागि निमा रुम्बा, धिरज राई आदि राष्ट्रिय कलाकारसंग कुरा भइरहेको पाण्डेले बताए । तीनवटा नेपाली कम्पनी पनि ब्राण्ड प्रमोशन गर्न आउनेछन् ।

पत्रकार सम्मेलनमा माया क्रिकेट क्लवका क्याप्टेन सचिन शर्मा, क्लवका उपकप्तान एवं पूर्व अन्डर १९ खेलाडी प्रकाश विष्ट, म्यानेजर आशिस भट्ट एवं खेलाडी आशिष कुर्मी पनि सहभागी थिए।

उक्त खेलका लागि अनुमानित बजेट झण्डै ७० हजार पाउण्ड छ । खेल हेर्न ५ हजार दर्शक उतार्ने लक्ष्य आयोजकले लिएका छन् । फूल इभेन्ट हेर्न प्रवेश शुल्क जम्मा ५ पाउण्ड राखिएको छ । खर्चकटाएर वाकी रकम दि गोर्खा सेन्टर र द अर्फानेज होम्स् गरि दुई च्यारिटी संस्थालाई सहयोग गरिने पाण्डेले जनाए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories