गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी उपाधि प्रदान

admin Avatar

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन विश्वविद्यालय’ले मानार्थ विद्यावारिधी’ उपाधि प्रदान गरेको छ । अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पु¥याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । बुधबार साँझ विश्वबिद्यालयमा आयोजित दिक्षान्त समारोहमा अध्यक्ष घलेलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको हो । विश्वविद्यालयले घलेलाई गत मे ६ तारिखमा उपाधि प्रदान गर्ने तालिका तय गरेको थियो । तर, अध्यक्ष घले भूकम्प प्रभावितलाई राहत प्रदान गर्न नेपालमा ब्यस्त रहेकाले समारोह स्थगित गरी डिसेम्बरका लागि सारिएको थियो । अध्यक्ष घले र उहाँकी पत्नी जमुना गुरुङ मिलेर अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा ‘मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी’ संचालन गरिरहनुभएको छ । जहाँ करिव ३ हजार स्वदेशी तथा विदेशी विद्यार्थीले अध्ययन गरिरहेका छन् । एमआईटीले टेलिकम्युनिकेसन तथा मोवाइल प्रबिधि, नेटवर्क सेक्युरिटी, बिजनेसमा डिग्री प्रदान गर्दछ । यस्तै घले दम्पत्तिले एमआईटी ग्रुप होल्डिङमार्फत् भिक्टोरियाका ऐतिहासिक महत्वका पुराना भवन खरिद गरी ती भवनलाई जिर्णोद्धार गरेर संरक्षण गर्ने काम गरिरहनुभएको छ । मेलनवर्नको ऐतिहासिक र पुरानो सम्पदा मानिने ‘अर्गस’ भवन खरिद गरी त्यसको बाहिरी संरचनालाई पूर्व डिजाइनअनुसार निर्माण गरी भित्री संरचनालाई करिव ६ करोड ५० लाख अष्ट्रेलियन डलर (करिव ५ अर्ब रुपैयाँ) खर्च गरी आधुनिकिकरण गरिएको छ । सन् १९२० मा बनेको यो भवन सन् १९५७ यता प्रयोगविहीन थियो जसलाई आधुनिकीकरण गरेर घले दम्पत्तिले एमआईटी कलेज संचालन गरिरहनुभएको छ । ब्यापारिक हितमात्र नहेरी सम्पदा संरक्षणमा योगदान दिएको भन्दै घले दम्पत्तिको कामले मेलवर्नका जनता र स्थानीय प्रसासनबाट प्रसंसा पाएको थियो । अष्ट्रेलियाको धनाढ्यको सूचीमा ९९ औं नम्बरमा रहेका घले र उनकी पत्नी जमुना एमआईटी ग्रुप फाउण्डेसनमार्फत् नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी एक अर्बको परोपकारी कोष स्थापना गर्नुभएको छ । सो कोषमार्फत् भूकम्प तथा नाकाबन्दीका बेला राहत प्रदान गरिएको छ भने हालै जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने घोषणा गरिएको छ ।

 

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories