योजना आयोग छलफल

admin Avatar

अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले तयार गरेको विपत्तिपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनलाई विश्वसनीय बनाएर लगानीलाई आकर्षित गरिने बताउनुभएको छ। राष्ट्रिय योजना आयोगले शनिबार काठमाडौंमा गरेको पिडीएनसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रलाई विश्वासमा लिएरमात्र पुनःनिर्माण कार्य सफल हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सामाजिक एवम् आर्थिक क्षेत्रमा परेको प्रभावलाई पिडीएनको प्रारम्भिक प्रतिवेदनले समेटेको स्पष्ट पार्दै यसैलाई समृद्ध बनाएर दाताहरु समक्ष पेस गरिने बताउनुभयो।

मुख्य सचिव लिलामणि पौड्यालले नीतिगत क्षेत्रमा देखिएका समस्या हटाएर छिटो र पारदर्शी रुपमा पुनःनिर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको नेतृत्वमा हुने पुनःनिर्माणको संयन्त्रलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्नेमा जोड दिनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका सदस्यहरुले पिडीएन तयार पार्दा अपनाइएको विधि तथा यथार्थताको विषयमा प्रष्ट पार्नुभएको थियो। छलफलमा रु पाँच खर्ब १३ अर्बको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि रु छ खर्ब ६६ अर्ब ३० करोड ६४ लाख आवश्यक पर्ने जानकारी दिइएको थियो।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories