दिलेन्द्र वडु

admin Avatar

नेपाली काँग्रेसका पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडुले संविधान जारी पछिमात्र सुशिल कोईरालाले प्रधान मन्त्रीको पद छाड्ने बताउनु भएको छ। रफत सञ्चार क्लवले शनिवार आयोजना गरेको साक्षातकार कार्यक्रमा बोल्दै बडुले सरकारमा आउनेहरुका लागि काँग्रेसले सदा ढोका खुल्ला राखेता पनि संविधान जारी नभए सम्म शुसिल कोइरालको विकल्प नभएको बताउनु भयो। सहमती अनुसार संविधान जारी पछि प्रधान मन्त्रीको पालो एमालेको भएता पनि सवै दलहरुको सहमतीमै निर्भर हुने उहाँको टिप्पणी थियो।

उहाँले संविधानका विषयमा लामो समयम सम्म पनि नेताहरुको बैठकले गर्न नसकेको काम यो विपत् पश्चात जेष्ठ २५ को भूमिकाले संविधान जारी हुने बताउनु भयो। राहत वितरणमा आएका भ्रष्टाचारको विषयमा छानविन गरिनु पर्ने र दोष देखिए कसैलाई छाड्न नहुने भन्दै एनजीओ र आईएन जीओको भूमिकाको अगाडी दलहरु झुक्न बाध्य भएको बडुले बताउनु भयो। उहाले मनसुनको सुरुवात सँगै विपत्मा परेकाहरुका लागि तत्कालै बासको व्यवस्था गर्नु पर्ने हुँदा यसतर्फ सबैको ध्यान जानु पर्ने उल्लेख गर्नुभयो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories