भारतिय नेता

admin Avatar

भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सबादी) का महासचिव सीताराम येचुरीले दलहरुवीच सोमबार मध्यराती भएको १६ बुँदे सम्झौताले एकताको बाटो तय गरेको बताउनुभएको छ। बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उहाले बैशाख १२ गते गएको विनासकारी भुकम्पपछि नेपालका राजनीतिक दलहरु एकताबद्ध हुन आवश्यक महसुस गरिएकोमा दलहरुवीच पछिल्लो समयमा भएको सम्झौताले त्यसको बाटो तय गरेको भन्दै अब जनआन्दोलनको उद्देश्य पुरा हुने दिशामा नेपाल बताउनुभयो।

येचुरीले १६ बुँदे सम्झौताको विरोध गर्ने दलहरुहरुसँग पनि बार्ता गरेर समस्याको समाधान खोज्नेमा विश्वास ब्यक्त गर्नुभयो। उहाले सबैको सल्लाह लिएपनि निर्णय नेपाली जनता आफैले गर्नु पर्ने सुझाव दिदै नेपालकै नेताहरु बसेर कस्तो संघीयता बनाउने, कस्तो अधिकार दिने भन्ने निर्णय लिनु पर्ने धारणा राख्नुभयो। येचुरीले आफू भुकम्पबाट पीडित नेपाली जनतामा साहनुभुती प्रकट गर्न यो पटक नेपाल आएको भन्दै त्यसको लागि पार्टीले संकलन गरेको ५ करोड २१ लाख ३८ हजार ९ सय ९३ रुपैया ६० पैसा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको जानकारी दिनुभयो। उहाले कुनै पुजिपतिसँग सहयोग नलिई पार्टीले दुई दिनभित्रमा भारतीय जनतासँग सो रकम संकलन गरेको भन्दै भारतीय जनता नेपालीको साथमा रहेको यो प्रमाण भएको बताउनुभयो।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories