बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल–बेलायत मैत्री सन्धीको एक सय वर्ष पूरा भएको खुसियाली नेपाली संगै वांडे,

Bimala Sene Avatar
20/05/2024. London, United Kingdom. The Prime Minister Rishi Sunak hosts a reception celebrating 100 years of the UK Nepal Friendship Treaty in 10 Downing Street and is joined by Minister of State for Indo-Pacific Anne-Marie Trevelyan and the High Commissioner of Nepal. Picture by Simon Walker / No 10 Downing Street

लण्डन । नेपाल र बेलायतबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सोमवार  बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा एक विशेष समारोहको आयोजना गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री सम्माननीय श्री ऋषि सुनाकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गर्नुभयो।बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले बिभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफु प्रेरित भएको बताउनुभयो।आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताउनुभयो।

बेलायतका लागि नेपाली राजदूत महामहिम श्री ज्ञानचन्द्र आचार्यले नेपालका सम्माननीय प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गर्नुभयो। उहाँले सन् १९२३ मा सम्पन्न मैत्री  सन्धिको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भयो। नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिंदै उहाँले बेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाद दिनुभयो ।साथै, आगामी १०० वर्षमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

20/05/2024. London, United Kingdom. The Prime Minister Rishi Sunak hosts a reception celebrating 100 years of the UK Nepal Friendship Treaty in 10 Downing Street and is joined by Minister of State for Indo-Pacific Anne-Marie Trevelyan and the High Commissioner of Nepal. Picture by Simon Walker / No 10 Downing Street

बेलायतकी परराष्ट्र राज्य मन्त्री सम्माननीय आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्याउने बताउनुभयो।

कार्यक्रममा बेलायतमा बिभिन्न पेशा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरु,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरु एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति रहेको थियो।

20/05/2024. London, United Kingdom. The Prime Minister Rishi Sunak hosts a reception celebrating 100 years of the UK Nepal Friendship Treaty in 10 Downing Street and is joined by Minister of State for Indo-Pacific Anne-Marie Trevelyan and the High Commissioner of Nepal. Picture by Simon Walker / No 10 Downing Street

नेपाल तथा बेलायतबीच सन् 1923 को मैत्री सन्धी हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भए अनुसार र नेपाली समुदायको सहयोगमा यो समारोह सम्पन्न भएको हो।

यस अवसरलाई मनाउने क्रममा नेपालमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त सन्धि हस्ताक्षर भएकै दिन २१ डिसेम्बर 2023 मा सन्धि हस्ताक्षर भएकै हलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories