काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेस बागमती संसदीय दल नेतासमेत रहेका बानियाँमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको स्रोतले जानकारी दिएको छ ।
उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले अनुमति लिएको हो । प्रहरीले उनी जोडिएको घटनाको विवरण सार्वजनिक भने गरेको छैन । यसअघि प्रहरीले उनका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो । वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले उनको घरमा छापासमेत मारेको थियो । ईन्द्रबहादुर २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशका मुख्यमन्त्री बनेका थिए ।





