ट्राफिक प्रहरी

admin Avatar

ललितपुरमा रहेको अल्का अस्पतालले ललितपुरका ट्राफिक प्रहरीलाई औषधि सहितको प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको छ। अस्पतालका अध्यक्ष कुमार थापा र महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्दले बिहीबार ललितपुरमा एक समारोहबीच ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुलाई औषधि सहितका झोला हस्तान्तरण गर्नुभयो। प्राथमिक उपचार सामाग्रीमा बेटाडिन, कपास, व्यान्डेज, लगायतका औषधि रहेका छन्। झोलामा उपलब्ध सामानबाट सामान्य दुर्घटनामा परेकाको घटनास्थलमै उपचार गर्न सकिने अस्पतालले जनाएको छ। कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख चन्दले सडक सुरक्षार्थ परिचालन हुने सबै ट्राफिक प्रहरीलाई प्राथमिक उपचारको सामान सहितको झोला दिन आवश्यक रहेको बताउनुभयो। अल्का अस्पतालले यसअघि ललितपुरका ट्राफिक प्रहरीलाई प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम समेत दिएको जनाएको छ।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories