बामदेव गौतम

admin Avatar

उपप्रधान मन्त्री एंव गृहमन्त्री वामदेव गौतमले राजनीतिक स्थीरताबिना मुलुकको बिकास हुन नसक्ने बताउनुभएको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गौतमलले मुलुकमा पटक पटक सरकार परिर्वतनले राजनीतिक स्थीतरता हुन नसकेको भन्दै राजनीतिक स्थीरता भए मुलुकको बिकास हुने बताउनुभएको हो। उहाले आठ वर्षसम्म संविधान बन्न नसकिरहेका बेला दलहरुबीच एक महिनामा संविधान जारी गर्ने सहमति हुनु नै मुलुक र नागरिकका लागि ठुलो राजनीतिक उपलब्धी भएको समेत उल्लेख गर्नुभयो।

गौतमले भूकम्पले मानवीय र भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएपनि त्यसले राजनीतिक एकताका लागि भने सकारात्मक परिस्थिति श्रृजना भएको बताउनुभएको हो। विपत्तिपछिको मुलुकको पुनःनिर्माण र विस्थापितको पुनर्स्थापनाका लागि दलहरु एक ढिक्का भएको दाबी गर्नुभयो। उहाले जोखिमपूर्ण संरचनामा असुरक्षित लेखिएको हटाएर रातारात सुरक्षितको स्टिकर टासिएको स्वीकार्दै यस्ता संरचना भत्काउन दृढ हुनुपर्ने पनि उल्लेख गर्नुभयो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories