जातको नाम जोडेर प्रदेश निर्माण हुनै सक्दैन : ओली

rajendra bhatta Avatar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जातको नाम जोडेर प्रदेश निर्माण नहुने बताउनुभएको छ । उहाँले कुनै हालतमा पनि जातिय संघीयता नहुने ठोकुवा गर्नुभयो । ओलीले नेपाली कांग्रेसका कारण मूलुकमा परिवर्तन र विकासमा अवरोध हुने गरेको आरोप पनि लगाउनुभयो ।

कम्युनिष्ट पार्टीको ६७ औ स्थापना दिवसको अवसरमा नेकपा एमालेले प्रज्ञाभवनमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले जातका आधारमा नेपालमा संघीयता हुनै नसक्ने दाबी गर्नुभयो ।

कम्युनिट पार्टी स्थापना र विकास क्रममा झापा आन्दोलनको अतुलनीय भूमिका रहेको प्रशंग कोट्याउँदै ओलीले तत्कालिन झापा विद्रोह गणतन्त्र नेपाल निर्माणको जग भएको दावी गर्नुभयो । तत्कालिन समयमा सशस्त्र विद्रोह ठीक भए पनि त्यसपछि क्रान्तिका नाममा एकीकृत माओवादीले उठाएको हतियार भने गलत भएको बताउनुभयो ।

सत्तारुढ दल कांग्रेससँग निक्कै असन्तुष्ट रहनुभएका ओलीले मुलुकको परिवर्तन र विकासका लागि कांग्रेस बाधक भएको टिप्पणी गर्नुभयो । कांग्रेसले कम्युनिष्टसँग एकता र सहकार्य गरेर अघि बढ्न नसक्दा मुलुकमा निरंकुश शक्तिले पटक पटक टाउको उठाउने मौका पाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले नेता माधव नेपालले एक देशमा एक भन्दा बढी कम्युनिष्ट पार्टीको स्थापना हुने भएपनि कम्युनिष्ट विचार धारा भने एकै हुने बताउनुभयो । उहाँले जनताको माझमा कसरी लोकप्रिय बन्न सकिन्छ भनेर ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रियता, विकासलगायतका विषयमा नेताहरुले लोकप्रियाता हासिल गर्नुपर्ने बताउनुभयो ।

नेपालको राजनीतिमा मधेशवादी दलको कुनै अर्थ नभएको भन्दै नेपालले माओवादीहरु केहीसमय उदाएका भएपनि अब अस्ताउन लागेको बताउनुभयो ।

कार्यक्रममा एकताबद्ध र सबल नेकपा एमालेले मात्रै जनक्रान्तिको चालू प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने धारणा नेताहरुले राखेका थिए । लम्बिँदो संक्रमण कालले नेपाल कमजोर भएको भन्दै एमाले नेताहरुले अब देशको विकासमा एमाले अघि बढ्ने दाबी गरेका छन् ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories