शनिबार दिनभर गौरमा तनाव, दर्जनौँ घाइते

rajendra bhatta Avatar

काठमाडौं । सशस्त्र प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्युभएपछि प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा रौतहटको सदरमुकाम गौर शनिबार दिनभर तनावग्रस्त बन्यो । स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले गौरमा शनिबार दिउँसो २ बजेदेखि अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको छ ।

भाटासहितको ठूलो संख्यामा आएका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरीले स्थिती नियन्त्रणका लागि २० राउन्ड हवाइफायरसमेत गरेको हाम्रा स्थानीय सहकर्मीले जानकारी दिएका छन् ।
प्रहरीले ज्यादती गरेको भन्दै गाउंगाउंबाट भाटासहित आएका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा सात प्रहरीका साथै दुई दर्जन बढी घाइते भएका छन् ।
गौरको बीपी चोकमा झडपका क्रममा प्रदर्शनकारीले ना२झ ५८२ नम्बरको प्रहरीको भ्यान जलाएका छन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले २० सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
गएराति प्रहरी भ्यानबाट राम आशिष ठाकुरको मृत्यु भएपछि स्थिानिय झन आक्रोसित भएका हुन् ।
यसअघि, चन्द्रनिगाहापुरमा सरकारी सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णयको विरोधमा शुक्रबार दिनभर भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले निषेधआज्ञा जारी गरेको थियो । स्थानीयको दबाबपछि सेवा केन्द्र विस्तारको निर्णय सरकारले शुक्रबार साँझ फिर्ता लिएपछि स्थिति सामान्य बन्ने अनुमान गरिएको थियो । तर, निषेधआज्ञा जारी गरेको समयमा शुक्रबार राति सशस्त्र प्रहरीको भ्यानले ठक्कर दिँदा स्थानीय राम आशिष ठाकुरको मृत्युभएपछि गौरबासी शनिबार बिहानैबाट प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले प्रहरीले रातको समयमा राजमार्ग आसपास क्षेत्रका घरघरमा पसेर तोडफोड र कुटपिट गरेको पनि दावी गरेका छन् ।} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories