केपी ओली

admin Avatar

डोल्पा समाज प्रतिष्ठानले भूकम्प प्रभावित स्थानमा कार्य गर्नका लागी नेकपा एमालेको राहतकोषलाई तीन लाख रुपैया प्रदान गरेको छ। एमाले मुख्यालय बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा बिच रोल्पा समाजका अध्यक्ष लामा निमा रेन्पोछेले एमाले अध्यक्ष केपी ओलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। भूकम्प प्रभावित जिल्लामा एमालेका स्वयंसेवकले काम गरिरहेको भन्दै त्यसलाई सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरिएको रेन्पोछेले जानकारी दिनुभयो । डोल्पा समाजले सभासद् धनबहादुर बुढाले नेतृत्वमा स्थानीय लामाहरुबाट उक्त रकम सङ्कलन गरेर भूकम्प पीडितका राहतका लागि सहयोग प्रदान गरेको जानकारी दिनुभयो। सहयोग रकम बुझ्दै एमाले अध्यक्ष ओलीले एमालेले पुननिर्माणको कार्यलाई जोड दिएको भन्दै राहत रकम प्रभावित पक्षसमक्ष पुराउने आश्वासन दिनुभयो। माथिल्लो डोल्पाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा छात्रवृद्धि उपलब्ध गराउनका साथै पर्यटन विकास र गुम्बा निर्माणमा समाजको विशेष योगदान रहेको छ।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories