एन आर एन ए वेल्जीयमले गंगाधर गौतमलाई अध्यक्षको नेतृत्व दिदै अधिवेसन सकेको

admin Avatar
NRN-Belgium

एन आर एन को आगामी अक्टोवरमा हुने विश्व सम्मेलन पुर्व नै राष्ट्रिय परिसदहरुले अधिवेसन सम्पन्न गरि सक्नुपर्ने भएकोले अहिले एन आर एन ए हरुले धमाधम निर्वाचन गरीरहेका छन। यो क्रममा एन आर  एन ए वेल्जीयमले गंगाधर गौतमलाई अध्यक्षको नेतृत्व दिदै अधिवेसन सकेको छ। अन्य पदाधिकारीमा कृष्ण प्रसाद पौडेल र पदम गुरुङ उपाध्यक्ष भएका छन भने महिला उपाध्यक्षमा यसोदा सुवेदी विजयी भएकी छिन। त्यसै गरि महासचिवमा लोक दाहाल, सचिवमा गोविन्द सिहं अधिकारी र राकेश कर्माचार्य , कोषध्यक्षमा आङमाया लामा र सहकोषाध्यक्षमा हरि कुमार पाठक विजयी भएका छन। महिला संयोजकमा निर्मला बजगाईं तथा सदस्यहरुमा राजु केसी, भिम सुवेदी, पूर्ण तिमिल्सीना, किरण शर्मा, सागर सुब्बा होम गुरुङ, अहमद दिन मिया, रेना बस्नेत, कल्पना मगर, सावित्री गिरी, मुना ताम्राकार र सुमित्रा गुरुङ निर्वाचित भए।

आईसीसी सदस्यमा चीजकुमार श्रेष्ठ र नेत्रबहादुर मगर बिजयी भएको एनआरएन बेल्जियम निर्वाचन समिति ले जनाएको छ। त्यसै गरि एन आर एन ए डेनमार्कको पनि अधिवेसन सकिएको छ। तेश्रो अधिवेसनले दिपेन्द्र चुडालको अध्यक्षतामा निर्विरोध नया कार्य समिती गठन गरेको छ। जसको उपाध्यक्षद्धयमा भुवन भट्ट, इश्वर शर्मा, महासचिवमा गोविन्द पौडेल, सचिवमा रमेश काफ्ले, कोषाध्यक्षमा रमेश अधिकारी, युवा प्रतिनिधि प्रशान्त बानिया, महिला प्रतिनिधिमा जमुना देवि रिजाल कंडेल रहेका छन भने सदस्यहरुमा अशोक शर्मा, बैकुण्ठ खनाल, किशोर प्रसाई, प्रसान्त सापकोटा, नवराज भट्टराई, कल्पना गौतम र मनिशा सिंह कोइराला रहेका छन्। त्यस्तै सोहि महाधिबेशनले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् डेनमार्कको सदस्यमा प्रबिन प्रजापतिलाई चयन गरेको छ। यसै विच नेपाल सरकारले सातौं गैर आवसीय नेपाली विश्व सम्मेलन आयोजना गर्नको लागि परराष्ट्र मन्त्रिको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र निजी क्षेत्रका छाता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मेलन आयोजक समिति गठन गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको अनलाइन पोर्टल नेपाल वृटेन डट कममा लेखिएको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories