एक हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता

admin Avatar

भूकम्पबाट क्षतिग्रस्त पाँच जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच सम्झौता भएको छ। गैरआवासीय नेपाली दिवस २०१५ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित बिशेष समारोहमा शहरी विकाश तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंह र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्झौतामा हस्ताक्षर गरे।

गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि तिब्रताका साथ राहत वितरण अभियानमा संलग्न भएको संघले सोही बखत ३५ करोड रुपैया“को लागतमा एक हजार घर निर्माण गर्ने घोषण गरेको थियो। सम्झौतापछि अब संघ औपचारिकरुपमा पुनःनिर्माण अभियानमा होमिएको भन्दै अध्यक्ष घलेले महाभूकम्पको घाउमा मल्हम लगाउन गैरआवासीय नेपाली संघले गरेको यो सानो कोशिसका रुपमा लिनुपर्ने बताउनुभयो।

अध्यक्ष घलेले राहत वितरणका बेला जस्तै प्रतिबद्धता जनाए भन्दा केही बढि नै काम गर्ने संघको लक्ष्य रहेको जानकारी दिदै १० हजार परिवारलाई राहत बाड्ने भनिएकोमा १७ हजार परिवारलाई बा“डेको जानकारी दिनुभयो। अध्यक्ष घलेले संसारभरीका गैरआवासीय नेपालीहरुले आफ्नो गास काटेर जम्मा पारेको करिव ३५ करोड रुपैयाँ जुटिसकेको हुँदा तुरुन्तै पुनःनिर्माण अभियानमा लाग्ने बताउदै सम्झौतामा दुई बषभित्र घर निर्माण सकिसक्ने उल्लेख भए पनि एनआरएनले एक बर्षभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको छ।

विभागका महानिर्देशक सिंहले घर निर्माण प्रकृयामा आइपर्ने कुनै पनि कठिनाइमा सहयोग गर्न विभाग र मातहतका कार्यालय तयार रहेको भन्दै यो परियोजनाले पुनःनिर्माण अभियानमा थप उर्जा थप्ने बिश्वास ब्यक्त गर्नुभयो।गैरआवासीय नेपाली संघको सातौं अधिवेशन यही अक्टुबर १४ तारिखबाट काठमाडौंमा सुरु हु“दैछ। ‘एनआरएन राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ नारा तय गरेको संघले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ। सम्झौता पश्चात गैरआवासीय नेपाली संघले गरेको घोषणाअनुसार भूकम्प प्रभावित गाउमा गएर स्थायी आवास निर्माणका लागि बाटो खुलेको छ। घर निर्माण स्थल सरकारले पछि तोक्ने बताएको छ । संघले मन्त्रालयले स्वीकृति प्रदान गरेको डिजाइनअनुसार भूकम्प प्रतिरोधक, वातारवण तथा स्थानीय संस्कृतिमैत्री घर निर्माण गर्नुपर्नेछ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष जीवा लामिछाने तथा संघको कार्यसमितिका अधिकांश सदस्यहरुको उपस्थिति थियो ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories