आन्दोलन चर्काउन सभासद तथा केन्द्रीय सदस्यलाई एमाओवादीको निर्देशन

rajendra bhatta Avatar

mao-officeकाठमाडौं । एकीकृत माओवादीले सहमतिमै संविधान निर्माणका लागि दबाब दिन घोषणा गरेको आमहड्ताल लगायतका संघर्षका कार्यक्रम प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रमा खटिन सभासद तथा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।

मंगलबार राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सभासदलाई पार्टी मुख्यालय पेरिसडाँडामा ३० दलीय गठबन्धनले घोषणा गरेका संघर्षका कार्यक्रमलाई चर्काउनका लागि आ–आफ्नो भूमिका निर्वाह गर्न एमाओवादीले निर्देशन दिएको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू संयोजक रहेको ३० दलीय गठबन्धनद्वारा घोषित चैत २४, २५ र २६ गतेको आमहडताल र ६ माओवादी घटक दलद्वारा घोषित चैत २३ गतेको जनप्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन र गराउन निर्देशन दिनुभयो ।
केन्द्रीय सदस्य र सभासदहरुको भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहालले अब सामान्य विरोध गरेका भरमा कांग्रेस र एमालेलाई धक्का दिन नसकिने बताउँदै गाउँसहर पुगेर आन्दोलनको आँधीबेहरी ल्याउन निर्देशन दिनु भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उहाँले कांग्रेस र एमालेले दुई तिहाइको आडमा पेलेर जाने रणनीति लिएको भन्दै दुई दललाई गतिलो जवाफ दिन आवश्यक रहेको र त्यसका लागि सबै नेता र कार्यकर्ताले आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्नुपर्ने बताउनु भएको थियो ।
बैठकमा पेलिटब्युरो सदस्य ‘प्रभु साहले पार्टी अध्यक्ष दाहालकोे हत्या गर्ने योजना बनाएको’ भनी रौतहटका केही नेता तथा कार्यकर्ताले लगाएको आरोपमाथि पनि छलफल भएको थियो ।

दाहालले ‘साहमाथि लगाइएको आरोप गैरजिम्मेवार र निराधार भएको’ भन्दै आरोप लगाउनेमाथि छानबिन गर्ने निर्णय सुनाउनु भएको थियो ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories