राष्ट्रपति यादव स्वदेश फिर्ता, भ्रमण उपलब्धीमूलक

rajendra bhatta Avatar

Pro_Ktm_President  (2)

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव साताव्यापी चीन भ्रमण सकाएर बुधबार स्वदेश फिर्ता हुनु भएको छ । राष्ट्रपति भ्रमणले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको महसुस गरिएको छ ।

चीन सरकारको निमन्त्रणामा बोआओ सहरमा भएको एसियाका लागि बोआओ मन्च’को वार्षिक सम्मेलनमा भाग लिएर राष्ट्रपति यादव बुधबार स्वदेश फिर्ता हुनु भएको हो ।
स्वदेश फिर्ता हुनेक्रममा राष्ट्रपति यादवलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च पदाधिकारीलगायतले स्वागत गरेका थिए ।
यसैबीच, राष्ट्रपतिसँगै भ्रमणमा रहनु भएका सहरी विकासमन्त्री डा. नारायण खड्काले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग राष्ट्रपतिको भ्रमणले नेपाल–चीनबीचको युगौं पुरानो मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याएको बताउनुभयो ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत्र १२ देखि १५ गतेसम्म आयोजना भएको सम्मेलनमा राष्ट्रपति डा यादवले नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो ।
भ्रमणकै अवसरमा राष्ट्रपति यादवले चिनियाँ समकक्षी सी जिनपिङसँग बोआओस्थित स्टेट गेष्ट हाउसमा द्धिपक्षीय वार्ता पनि गर्नु भएको थियो । सो वार्तामा चिनियाँ राष्ट्रिपति सीले नेपालमा छिटो दीगो शान्ति र स्थायित्वको कामना गर्दै आर्थिक उन्नतिको पथमा अगाडि बढेको हेर्न चाहेको बताएको मन्त्री खडकाले जानकारी गराउनुभयो ।
चीनले नेपालको सामाजिक–आर्थिक विकासका गतिविधिलाई द्रूत गतिमा अघि बढाउन र कोदारी राजमार्गको स्तरोन्नति तथा अरु सडक निर्माण र पूर्वाधार विकासमा लागि ९० करोड युआन प्रदान गर्ने घोषणा समेत गरेको छ ।
यसका साथै चीनले पाँच वर्षका लागि १५ सय तालिम छात्रवृत्ति प्रदान गर्नेसमेत घोषणा गरेको छ । भ्रमणका अवसरमा राष्ट्रपति यादवले चीनको मुख्य भूमिबाट ल्हासा हुँदै सिगात्सेसम्मको रेलमार्गको अवलोकन गर्नु भएको थियो ।
यसक्रममा चीनले आगामी सन् २०२० सम्ममा यस रेलमार्गको विस्तार गरी रसुवाको केरुङसम्म पुर्याउने योजना रहेको जानकारी गराएको थियो । राष्ट्रपति यादवले सो रेलमार्ग नेपालसँग जोडिएको खण्डमा व्यापार, पर्यटन र जनस्तरको आवागमनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
यो वर्ष नेपाल–चीन सम्बन्धमा हीरक महोत्सव विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मद्दत पुगेको बताइएको छ ।if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories