अर्थ समिति

admin Avatar

भूकम्पका कारण सहकारी क्षेत्रमा रु पाँच अर्ब ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान देखिएको छ। मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको र थप क्षतिको लगत सङ्कलनको क्रममा रहेकाले बढ्न सक्ने देखिएको छ। सिंहदरबारमा बिहीबार बसेको व्यबस्थापिका संसद अन्तर्गतको अर्थ समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले भूकम्प प्रभावित १४ जिल्लाका करिब ३० लाख सहकारीकर्मी पीडित भएको बताउनुभयो । कुल १३ हजार ३६८ बचत तथा ऋण सहकारी संस्था रहेकामा ती संस्थामा आबद्ध रहेका २८० जनाको निधन भएको, ९ सय २५ जना घाइते भएका छन् । बचत तथा ऋण सहकारी संस्थाको मात्रै रु १२ करोड ३८ लाख छ हजार ९ सय ३ बराबरको क्षति भएको सचिव गौतमले जानकारी दिनुभयो।

भूकम्पका कारण सबैभन्दा बढी क्षति दुग्ध उत्पादक किसान तथा सहकारीकर्मीलाई भएको छ। भूकम्प प्रभावित जिल्लामा मात्रै एक लाख ४५ हजार चौपायाको निधन भएका कारण दूध तथा दुग्धजन्य पदार्थको आपूर्तिमा कमी आएको छ। सहकारी विभागका महानिर्देशक काशीनाथ मरासैनीले सहकारी क्षेत्रमा भएको क्षतिको सत्य तथ्य विवरण सङ्कलन गरेर कर छुट तथा ऋण मिनाहाका लागि आवश्यक पहल गर्न सरकारले आवश्यक तयारी गर्नुपर्ने र त्यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेकामा जोड दिनुभयो। बैठकमा समिति सदस्यहरुले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी क्षेत्रमा भूकम्पले पारेको प्रभावको अध्ययन गरी यथोचित राहत दिनुपर्ने धारणा राखेका थिए।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories