Gurkha Channel

  • पत्रकार महासंघ यूकेको मञ्चमा गोर्खा अधिकारको सवाल, कसले के भने ?

    पत्रकार महासंघ यूकेको मञ्चमा गोर्खा अधिकारको सवाल, कसले के भने ?

    लन्डन । गोर्खा समस्याको समाधान कूटनीतिक स्तरबाटै खोज्नु पर्नेमा अभियन्ताहरुले जोड दिएका छन् । भूपू ब्रिटिश गोर्खाका अधिकारको पक्षमा संघर्षरत अभियान्ताहरु कूटनीतिक वार्ताबाटै नै गोर्खा समस्याको समाधान हुनु पर्नेमा एक जुट देखिएका हुन् । नेपाल…

  • गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘मन सिउने धागो’ सार्वजनिक 

    दिनेश कुमार, काठमाडौँ  / गायिका शर्मीला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ। नेपाली पाश्र्व तथा आधुनिक गायनमा महत्वपूर्ण योगदान पुर्याएकी बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रवार सो गीत सार्वजनिक गरेकी हुन् ।  गीतमा कृतीशा केसी र पेमादावा लामाको अभिनय देख्न सकिन्छ। गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना, र मनोहर सुनामको एरेञ्ज रहेको छ।यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोलापौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन्, भने भियना, अस्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गरेका छन्। भिडियोतर्फ, क्यामेरामा नरेश अय्यर र उनको टिमको साथमा मेकअप आर्टिस्ट कञ्चन गिरीले काम गरेका छन्। भिडियो सम्पादन र कलर मिन रावलले गरेका छन् भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ सिसिरको रहेको छ। गीतको निर्माण सरोज परियारले गरेका हुन् र पोस्ट प्रोडक्शन जनता डिजिटल प्रा।लि।ले गरेको छ।  बेलायतमा स्वास्थ्य सेवामा निरन्तर सेवा प्रदान गर्दै आएकी गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पाश्र्वगाएन गरेकी थिईन् । बर्देवाका  ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’ , ‘आंखैमा झलझली’  , ‘हिउँचुलीमा हिउँ’  , ‘आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ’  लगायत दर्जनौँ गीत चर्चित छन् । यतिखेर उनी गीत नेपाली गीत संगीतको लागि पुरा समय दिने भन्दै काठमाण्डौंमा रहँदै आएकी छिन् ।  उनको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो गीत  अहिले नै सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

  • एनआरएनएको वार्षिक साधारणसभा अक्टोबर २८ मा हुने

    एनआरएनएको वार्षिक साधारणसभा अक्टोबर २८ मा हुने

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २८ अक्टोबर २०२४ मा वार्षिक साधारणसभा हुने भएको छ । सेप्टेम्बर ८ मा बसेको संघको बैठकले २८ अक्टोबर सोमबार (२०८१ साल कात्तिक १२ गते) काठमाडौंमा साधारणसभा गर्ने निर्णय…

  • एनआरएनए र गोर्खा संगठनका प्रतिनिधिबीचको बैठक सम्पन्न, चार बुँदे घोषणापत्र जारी

    एनआरएनए र गोर्खा संगठनका प्रतिनिधिबीचको बैठक सम्पन्न, चार बुँदे घोषणापत्र जारी

    लन्डन । गैरआवाशीय नेपाली संघ र भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिबीच भएको बैठक चार बुँदे संयुक्त घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बेलायतको अल्डरसटमा ३१ तारिख शनिबारका दिन गैर आवासीय नेपाली संघ, गोर्खा टास्क फोर्सका…

  • एनआरएनए स्कटल्याण्डले केन्द्रीय अध्यक्षलाई बुझायो ज्ञापनपत्र

    एनआरएनए स्कटल्याण्डले केन्द्रीय अध्यक्षलाई बुझायो ज्ञापनपत्र

    लण्डन- गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय समिति स्कटल्यान्डले केन्द्रीय अध्यक्ष डा. बद्री केसीसमक्ष एक ज्ञापनपत्र बुझाएको छ । पहिलोपटक स्कटल्याण्ड पुगेका केसीलाई बिहीवार स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डेयले गैरआवासीय नेपालीसंग सम्बन्धित विषयमा ज्ञापनपत्र बुझाएका हुन्…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search