,

एनआरएनएको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठ अध्यक्षमा निर्विरोध 

Bimala Sene Avatar

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

काठमाडौंमा जारी महाधिवेशनको दोस्रो दिन निर्वाचन समितिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको हो । प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार उपाध्यक्षमा ६ जना खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तिगेला) र बुद्धिसागर सुवेदी निर्विरोध चयन भएका छन् ।

महिला उपाध्यक्षमा जुनु गुरुङ, महासचिव बाबुराम लामा, तीनजना सचिव (खुल्ला) टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे एवं महिला सचिव देवकी खत्री गुरुङ निर्वाचित भए । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोख्रेल, महिला संयोजक रश्मी थापा, युवा संयोजकमा भीमसेन थापा चयन भएका छन् ।सह-कोषाध्यक्ष (महिला) मा भने उम्मेदवारी नपरेको जनाइएको छ ।

त्यस्तै महाधिवेशनले क्षेत्रीय संयोजक र उपसंयोजक पनि चयन गरेको छ । जसमा एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोपमा प्रेमबहादुर गुरुङ, मध्यपूर्वमा रमेश श्रेष्ठ, उत्तरदक्षिण अमेरिकामा डिलुराम पराजुली, ओसियानामा इर्सद अहमद छन् ।

त्यसैगरि, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा रामप्रसाद खरेल र लोकेन्द्र ओली, युरोप क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र मीमबहादुर पूर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई छन् । उत्तरदक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजक रामप्रसाद कंडेल र प्रताप राना निर्विरोध निर्वाचित भएका निर्वातन समितिले जनाएको छ । अफ्रिका क्षेत्रीय संयोजक र उपसंयोजकमा भने उम्मेदवारी परेन ।

२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको एनआरएनमा उत्पन्न सम्पूर्ण गतिरोधलाई निकास दिन शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई महाविधेशन गराउन परमादेश गरेको थियो ।

१०औं महाधिवेशनमा प्रतिनिधि चयन विवाद भएपछि २०७८ माघ १ गते तत्कालीन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको ८१ औं बैठकले तत्कालीन संरक्षक शेष घलेको संयोजकत्वमा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र कुमार पन्त रहेको ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । अदालतले यसलाई नै ब्युँताएर उच्चस्तरीय समिति बनाएको थियो ।

यस महाधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनबाट निर्वाचित बद्री केसी र उनको कार्यसमिति, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछानेहरुको सहभागिता छैन ।

शनिबार एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै गैरआवासीय नेपाली संघको एकता महाधिवेशन भएको बताएकी थिइन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search