,

३ बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै लिम्बु पत्रकार संघको बैठक सम्पन्न 

Bimala Sene Avatar

धरान । तीन बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै लिम्बू पत्रकार संघको पूर्ण बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

शनिबार सुनसरीको धरानमा सम्पन्न भएको सो बैठकबाट मुक्कुमलुङ आन्दोलनप्रति ऐक्यबद्धतासहित तीन बुँदे बिजयपुर घोषणापत्र जारि गरिएको हो ।

संघका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा बसेको बैठक तथा अन्तक्रियाले घोषणापत्रमा ‘मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि सञ्चारमाध्यम, सञ्चार गृह र राज्यको ऐन, कानूनहरु आदिवासी जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदाय, वर्ग र भूगोलमैत्री बनाउन माग’, ‘ताप्लेजुङमा अवस्थित प्रशिद्ध याक्थुङहरूको मुन्धुमीस्थल मुक्कुम्लुङमा निर्माण भइरहेको केबुलकार परियोजना आदिवासी याक्थुङ (लिम्बू) समुदायको आदिम मूल्यमान्यता, रैथाने दर्शन, पर्यावरण, परम्परा, प्रथाविपरीत रहेको ठहर गर्दै सशक्त रुपमा बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चारमाध्यमहरुमा प्रतिरोध गर्ने र जारी नो केबुलकार अभियानमा ऐक्यबद्धता प्रकट गर्ने’ जनाइएको छ ।

यसैगरी विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको संरचनाहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि राज्यका तीनै तहका सरकारहरु समक्ष सम्पदाका रुपमा सूचीकरण गर्न माग गर्ने घोषणापत्रमार्फत सार्वजानिक गरिएको छ ।

२२ चैत्र २०८१ मा लालिगुराँस नगरपालिकास्थित बसन्तपुरमा सम्पन्न संघको तेस्रो महाधिवेशन पश्चात अग्रज याक्थुङ संचारकर्मीहरूको उपस्थितिमा यो दोस्रो पूर्ण बैठक विविध विषयमा छलफल गर्दै सम्पन्न भएको हो ।

तीन बुँदे विजयपुर घोषणापत्र हेर्नुहोस :

विजयपुर घोषणापत्र

२०८२ वैशाख २० गते

विजयपुर, धरान, लिम्बुवान

लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुर¬गढी (धरान)मा २०८२ बैशाख २० गते शनिबार सम्पन्न लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिको पहिलो पूर्ण बैठक नवनिर्वाचित अध्यक्ष सन्देश सुब्बा (इङ्वा)को अध्यक्षता एवम् वरिष्ठ पत्रकार हर्ष सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भई तपसिल बमोजिमको तीन बुँदे विजयपुर घोषणापत्र जारी गर्दछ ।

१. ३२ औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा संसारभरका सञ्चारकर्मी एवम् पत्रकारहरुमा शुभकामना व्यक्त गर्दछौं । साथै, मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि सञ्चारमाध्यम, सञ्चार गृह र राज्यको ऐन, कानूनहरु आदिवासी जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदाय, वर्ग र भूगोलमैत्री बनाउन माग गर्दछौं ।

२. ताप्लेजुङमा अवस्थित प्रशिद्ध मुन्धुमी स्थल मुक्कुम्लुङ /सेमुक्तुगोक् /मुक्तिफोमाङ /पाथीभरामा निर्माण गर्न लागिरहेको केबुलकार परियोजना आदिवासी याक्थुङ (लिम्बू) समुदायको आदिम मूल्यमान्यता, रैथाने दर्शन, पर्यावरण, परम्परा, प्रथाविपरीत रहेको ठहर गर्दै सशक्त रुपमा बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चारमाध्यमहरुमा प्रतिरोध गर्ने र जारी नो केबुलकार अभियानमा ऐक्यबद्धता प्रकट गर्ने निर्णय गरियो ।

३. विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको संरचनाहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि राज्यका तीनै तहका सरकारहरु समक्ष सम्पदाका रुपमा सूचीकरण गर्न माग गर्दछौं । यसैगरी, याक्थु» लिम्बू, लिम्बुवानकालीन एवम् विजयपुरकालीन इतिहाससँग सम्बन्धित रहेकोले बृहत्तर विकासका लागि स्थानीय रैथाने समुदायको स्वामित्व रहने गरी प्राधिकरण मार्फत विकास गर्न र विश्व सम्पदा सूचीमा सूचीकरण गर्न माग गर्दछौं ।  

                         लिम्बु पत्रकार संघ

                        संघीय कार्य समिति

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search