,

बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुलाई १५ मेभित्र विवरण अद्यावधिक गर्न राजदूतावासको आग्रह

Bimala Sene Avatar

लन्डन । नेपाली राजदूतावास लन्डनले बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुलाई यही १५ मेभित्र विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गराउने उद्देश्यसहित संघ संस्थाको विवरण लिन लागेको जनाएको छ । 

दूतावासले सूचनामा ‘नेपाली राजदूतावास, लण्डनले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गर्न संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ/संस्था/संगठनहरुको विवरण आवश्यक भएकोले देहायको लिङ्कमा गइ १५ मे २०२५ भित्र आ- आफ्नो विवरण अद्यावधिक/उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ २८ अप्रिलमा दोस्रोपटक जारी सूचनामा भनिएको छ,’यसअघि मिति २०८१।०९।१८ मा प्रकाशित सूचना अनुरूप विवरण अद्यावधिक गराइसक्नु भएकाहरुले यो फाराम भर्नु पर्ने छैन ।’ उल्लेख छ ।

दूतावासले पहिलोपटक २०८१।०९।१८ तद्नुसार ०२ जनवरी २०२५मा संस्थाहरुलाई विवरण अध्यावधिक गर्न सूचना प्रकाशित गरेको थियो ।

Lon-1746085819.jpg
Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search