चार दल बैठक

admin Avatar

प्रमुख राजनीतिक दल राज्यको पुर्नसंरचनाका विषयमासमेत सहमति नजिक पुगेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलका शीर्ष नेताको बैठकमा राज्यपुर्नसंरचनाका विषयमा छलफ केन्द्रित भएको थियो। बैठकमा सहभागी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दलहरुबीच संघीयताका विषयमा ६ वा ८ प्रदेश बनाउने विषयमा छलफल भएको बताउनुभयो।

अन्य सबै विषयमा सहमति भईसकेको भन्दै उहाले संघीयताका विषयमा पनि सहमति नजिक पुगिएको जानकारी दिनुभयो। ६ प्रदेशमा जाँदा के छोड्ने र ८ प्रदेशमा जाँदा के थप्ने भन्ने विषयमा चारै दलले आन्तरिक छलफल गर्नुपर्ने भएकालेपुन बैठक गरी बैठक स्थगित भएको उहाको भनाई छ। अहिले प्रमुख चार ६ वा ८ प्रदेश बनाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories