सुशील कोईराला

admin Avatar

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्म पीडितहरुकालागि सरकारले गरिरहेको राहत, उद्दार र पुनःनिर्माणको कामलाई सबैले वाचडगका रुपमा हेरिदिन आग्रह गर्नुभएको छ। आइतबार प्रधानमन्त्री निवासमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सरकारको काम कारबाहीलाई वाचडगका रुपमा हेर्न आग्रह गर्नुभएको हो। प्रधानमन्त्री कोइरालाले पीडितहरुको भत्कीएका घरको पुनःनिर्माणकालागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाले अन्य प्रधानमन्त्रीहरुले कार्यकर्तालाई रकम बाँड्ने प्रचलन बसाएकोमा आफुले त्यस्तो कम पुर्ण रुपमा रोकीदिएको दाबी समेत गर्नुभयो। त्यस्तै प्रधानमन्त्री कोइरालाले राहत कोषको एक पैसा पनि हिनामिना हुन नदिने प्रतिवद्धता जनाउनुभयो।

आइतबार प्रधानमन्त्री दैवी उद्धार तथा राहत कोषमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल,काठमाडौंले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। ।त्यसैगरी नारायणी नेशनल फइनाइन्सले १० लाख, खानेपानी संस्थान १८ लाख ५० हजार र साहित्यकारहरुले एक लाख रकम जम्मा गरेका छन्।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories