अर्थ समिति

admin Avatar

सरकारले मुलुकको पुननिर्मााणका लागी आन्तरिक ऋणलाई बढी महत्व दिने स्पस्ट पारेको छ। आईतबार सिंहदरबारमा बसेको संसदको अर्थ समितिमा अर्थमन्त्री डाक्टर रामशरण महतले दातृ निकायको सहयोगका साथै आन्तरिक ऋण मिलाएर मुलुकको पुननिर्मााण गरिने जानकारी दिनुभएको हो। उहाले दातृ निकायको सहयोग र आन्तरिक स्रोतलाई मिलाएर परिचालन गरिने उल्लेख गर्नुभयो। दातृ निकायको सम्मेलनमा आन्तरिक ऋणका आधारमा विदेशी सहयोगका लागि आग्रह गरिने उहाको भनाई छ। मन्त्री महतले राहत वितरणको पहिलो चरणमा दाताले आफै खर्च गरेको भन्दै आगामी दिनमा एकद्वार प्रणालीबाट राहत बितरण हुने स्पस्ट पार्नुभयो।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर. गोविन्दराज पोखरेलले विज्ञसँग सल्लाह गरेर क्षतीको बिबरण संकलन गर्दे अघि बढेको जानकारी दिनुभयो। बैठकमा समिति सदस्यहरुले दाताको सम्मेलनका बिषयमा जिज्ञासा राखेका थिए। त्यस्तै सदस्यहरुले भूकम्पको लामो समय बितिसक्दा पनि राहत र पुननिर्माण हुन नसकेको भन्दै सरकारको आलोचना समेत गरेका थिए।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories