३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो नभएपछि १६ बुँदे सम्झौता गर्‍यौं : दाहाल

rajendra bhatta Avatar

वीरगन्ज- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो आधीबेहरी सिर्जना गर्न नसकेपछि र दलहरुप्रति जनताको विश्वास गुम्दै गएपछि वाध्यात्मक परिस्थितिमा आफूहरुले १६ बुँदे समझदारी गर्नुपरेको बताएका छन्। वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले ३० दलीय मोर्चाको आन्दोलन सफल नभएकाले कांग्रेस एमालेसँग सहमति गरी संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी लागेको बताए।

उनले सहमतिमा प्रदेशको सीमांकन र नामांकन सहितको संविधान ल्याउन पार्टीले पहल गरेपनि सफल नभएको बताए। पत्रकार सम्मेलनमा पार्टीका नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो। कार्यक्रममा बोल्दै बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीमा धेरै विचलन आएकोले यसलाई सुदृढ बनाउन जरुरी रहेको बताए। कार्यकर्ताहरुलाई एकता गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना समेत गरे। एमाओवादीका उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले संविधान निर्माणको वातावरण बनाउनका लागि १६ बुँदे सहमति गरेको बताए।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories