१६ बुँदे सहमति बाध्यता : नेता डा. बाबुराम भट्टराई

rajendra bhatta Avatar

????????????????????????????????????

काठमाडौं- एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधान निर्माणका सन्दर्भमा गरिएको १६ बुँदे सहमति बाध्यताको सहमति भएको बताएका छन्। एकीकृत नेकपा माओवादी काठमाडौं जिल्ला समितिको आयोजनामा काठमाडौं उपत्यकास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले १६ बुँदे सहमतिमा धेरै कुरा गुमाएको उल्लेख गरे।

धेरै कुरा गुमाउँदा–गुमाउँदै पनि अहिलेको परिस्थितिमा त्यसो नगर्दा झन् बढी मूल्य चुकाउनुपर्ने पनि उनले स्पष्ट पारे। अहिलेको १६ बुँदे भन्दा २०६९ जेठ २ गतेको सहमतिअनुसार संविधान बनेको भए धेरै प्रगतिशील संविधान बन्ने उल्लेख गर्दै उनले जेठ २ को सहमतिमा अडिन नसक्दा धेरै गुमाउनुपरेको बताए। अहिलेको सहमतिमा नअडिने हो भने संविधानसभा असफल हुने र ठूलो क्षति व्यहोर्नुपर्ने पनि उनले बताए।

संविधानको मस्यौदामा धेरै कुरा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। जनतामा गएर पुनस् संवाद समितिमा फर्कने र छलफलको क्रममा केही संशोधन गर्ने ठाउँ अझै रहेको पनि नेता भट्टराईले बताए। संवाद समितिपछि संविधानसभामा पनि संशोधन दर्ता गरेर पनि केही प्रावधान संशोधन गर्न सकिने भएकाले सम्भावना अझै रहेको र संघर्ष जारी राख्नुपर्ने पनि उनले बताए। तर संशोधन गर्न नसकिए पनि अहिले फरक मत राखेरै भए पनि संविधान चाहिँ जसरी पनि बनाउनुपर्नेमा भट्टराईले जोड दिए। मौलिक हकका प्रावधानहरु लगायत धेरै कुराहरु पहिलो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गरिएकाले प्रगतिशील रहेको पनि उनले बताए।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories